भाट कविज्यूहरुको संगठन अनेसासको अध्यक्षमा लेकाली निर्वाचित

९ भाद्र २०७५, शनिबार ११:१६ मा प्रकाशित

सिसृक्षा ढकाल, लसएन्जलस, शुक्रबार, ८ भदौ ।  पहिलोपटक, डाएसपोरा बाहिरका तर मातृभूमि नेपालमा रहेर झन्डै चार दशक नेपाली भाषा र साहित्य सेवामा क्रियाशील राधेश्याम लेकाली आफ्ना निकटतम प्रतिद्वन्दी साहित्यकार गोबर्धन पूजालाई २११ मतको मतान्तरले पराजित गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अध्यक्ष पदमा निर्वाचित भएका छन्। निर्वाचनको पुर्वसन्ध्यामा गालि-गलोज र भद्धा प्रचार शैलीमा उत्रिएका गोबर्धन पूजा भर्सेस राधेश्याम लेकाली समुह अन्तर्गतको अन्तिम चुनावी दौडमा अमेरिकी समय अनुसार शुक्रबार राती सार्वजनिक गरिएको मत परिणाम अनुसार राधेश्याम लेकाली अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

विवाद, कलह र गैर साहित्यिक व्यक्तिहरुको हालीमुहाली भएका कारण नेपाली डायस्पोराको भाषा र साहित्य प्रवद्धन गर्ने हेतुले गठन भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को १३ औं कार्यसमितिको बुधबार, बिहीबार र शुक्रबार गरि तीन दिन सम्म चलेको मतदान पछि सम्पन्न भएको निर्वाचनमा नेपाली डायस्पोराका विश्व चर्चित अनुहारहरु सम्राट उप्पाध्याय, मन्जुश्री थापा, नीलम कार्की ‘निहारिका’, जनार्जन पुडासैनी ‘राजव’ लगायतका अनवरत नेपाली भाषा साहित्यको सेवामा क्रियाशील हस्तीहरु भने यस अघि जस्तै सहभागी भएनन् ।

दुई बर्षे कार्यकालका लागि शुक्रबार सम्पन्न भएको निर्वाचनमा अमेरिका क्षेत्रको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार शान्तिराम ढकाल, महासचिव पदमा गोबर्धन पूजा समुहका गणेश घिमिरे अस्ट्रेलिया, सचिवमा लालगोपाल सुवेदी अमेरिका, सदस्यहरुमा सानु घिमिरे अष्ट्रेलिया, लक्ष्मी राई बेलायत र अग्नि प्रसाद पराजुली भारी मतको अन्तरले निर्वाचित भएका छन् ।

यस अघि बरिष्ठ उपाध्यक्ष पदमा प्रकाश पौडेल ‘माइला’, उपाध्यक्षहरु भीमसेन सापकोटा, निशा अर्याल, सुनिल संगम र कोषाध्यक्ष पदमा विकास विष्ट निर्विरोध निर्वाचित भैसकेका छन् ।

स्मरण रहोस नेपाली भाषा साहित्यको सेवामा क्रियाशील साहित्य सिर्जनामा स्थापित अनुहार भन्दा चन्दा, दानका आधारमा पुरस्कार र सम्मान बेच्दै आएको र मानव तस्करी समेत गर्दै आएको आरोप लागेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को नवनिर्वाचित नेतृत्वले नेपाली डाएसपोराका विश्व चर्चित अनुहारहरु सम्राट उप्पाध्याय, मन्जुश्री थापा, नीलम कार्की ‘निहारिका’, जनार्जन पुडासैनी ‘राजव’ लगायतका अनवरत नेपाली भाषा साहित्यको सेवामा क्रियाशील हस्तीहरुलाई समेटेर अघि बढ्छ वा आरोप लागे जस्तै चन्दा, दानका आधारमा पुरस्कार र सम्मान बिक्रीको शिलशिला र मानव तस्करी अघि बढाउछ त्यसको लागि दुई बर्षे कार्यकाल कुर्नै पर्ने हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट लिएर विदेश उड्न लागेका ११२ जना यात्रुलाई विमानस्थलबाट फर्काइएको छ । विभिन्‍न देशमा जानका लागि

काठमाडौं । कन्सुलर सेवा विभागले लिखतहरूको प्रमाणीकरणका लागि सङ्केत नम्बरसहितको फाराम वितरण प्रारम्भ गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा

काठमाडौं । मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा