व्यापारिक सम्बन्धलाई सुदृढ बनाउँ–राजदूत हाउलान

८ श्रावण २०६९, सोमबार १८:१३ मा प्रकाशित

भक्तपुर, ८ साउन । नेपालका लागि चिनियाँ राजदूत याङ हाउलानले चीन नेपालको हितको पक्षमा रहेकाले नेपालको विकासमा टेवा पु¥याउँदै आएको बताउनुभएको छ ।    आज भक्तपुरमा नेपाल – चीन उद्योग सङ्घ भक्तपुर शाखाको उद्घाटन गर्दै उहाँले नेपाल र चीनको सम्बन्धलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्राकृतिक सम्पदाले धनी देश भए पनि त्यसको सहीरुपमा विकास गर्न नसकेका कारण नेपाल विकासमा पछाडि परेको बताउँदै राजदूत हाउलानले नेपालको विकासमा चीनले सहयोग पु¥याउने बताउनुभयो ।

ल्हासा नेपाल र चीनका लागि प्रमुख व्यापारिक नाका भएपनि अहिले यो नाकामा समस्या परेको उल्लेख गर्दै नेपाल र चीनको व्यापारमा सुधार गर्दै जानुपर्ने राजदूतले बताउनुभयो ।

नेपालमा विद्युतको अभाव भएकाले पनि विकासका कार्यमा असर परेको भन्ने उहाँको धारणा थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले