कारबाहीमा १० तालिवानीको मृत्यु

८ श्रावण २०६९, सोमबार १८:०८ मा प्रकाशित

काठमाडौ, ८ साउन । अफगानिस्तानमा गत २४ घण्टाभित्र नेटोसहितको संयुक्त सेनाले गरेको कारबाहीमा १० आतङ्ककारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बलले  जनाएको छ । कारबाहीका क्रममा अरु सात जना आतङ्ककारी पक्राउ परेको समाचारमा उल्लेख छ । अफगान राष्ट्रिय प्रहरी, सैनिक र नेटोसँग आवद्ध  सैनिकले अफगानस्तानको  पूर्वी क्पैसा प्रान्तको आलाह सेए जिल्लामा कारबाही गरिएको जनाइएको छ । यस कारबाहीमा विभिन्न हातहतियार कब्जा गरिएको उल्लेख गरिएको छ । यस आक्रमणबाट सुरक्षा बलतर्फ कुनै हताहति नभएको पनि समाचारमा जनाइएको छ । अफगानिस्तानमा अफगान र नेटोसँग आवद्ध करिब एक लाख ३० हजार जना सेनाले तालिवानी लडाकु विरुद्ध विभिन्न स्थानामा कारबाही जारी राखेका छन् । अफगानिस्तानबाट नेटो सैनिक फिर्ता हुने समय नजिकिंदै गर्दा तालिवानविरुद्धको कारबाहीलाई थप तीव्र पारिएको पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा

न्यूयोर्क । विश्वमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । संक्रमण उच्च विन्दुमा पुगेर नियन्त्रणमा आएका भारत, बेलायत, अमेरिका