अमेरिकी दूतावासमा गोली प्रहार

४ भाद्र २०७५, सोमबार २२:४२ मा प्रकाशित

अङ्कारा, ४ भदौ (एएफपी) । टर्कीमा रहेको अमेरिकाको दूतावासमा सोमबार गोली प्रहार भएको छ । घटनामा परी कुनै मानवीय क्षति भने नभएको अमेरिका र टर्की दुवै तर्फका अधिकारीहरूले जानकारी दिएका छन् ।
टर्कीका एक जना सरकारी अधिकारीका अनुसार दूतावासमा छ ओटा गोली प्रहार भएको थियो । गोली फलामे ढोका र दूतावासको भित्तामा लागेको थियो ।
दूतावासमा प्रवक्ता डेभिड गाइनरले घटनास्थललाई अहिले सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिइसकेको एएफपीलाई बताउनुभयो ।
“घटनामा परी कोही घाइते भएको वा कसैको मृत्यु भएको विवरण छैन, हामीले घटनाका बारेमा विस्तृतमा अध्ययन गर्न लगाइसकेका छौँ, टर्कीको सुरक्षाकर्मीलाई विशेष धन्यवाद दिन चाहन्छौँ,” प्रवक्ताले भन्नुभयो ।
टर्कीका विदेशमन्त्री मेवलुट काभुसोग्लुले सामाजिक सञ्जाल ट्वीटरमार्फत् ‘उत्तेजनात्मक आक्रमण’को निन्दा गर्नु भएको छ ।
अमेरिकी धर्मगुरुको रिहाइका लागि इस्तानबुलद्वारा राखेको शर्त अस्वीकार गरेकै बेला यस्तो घटना भएको हो ।
अमेरिकी प्रतिवन्धका बावजुद पनि टर्कीको हल्क नामक बैङ्कले इरानलाई सहयोग गरेको आरोपमा उक्त बैङ्कमाथि अनुसन्धान गरिरहेका समय टर्कीले आफ्नो भूमिमा बन्दी जीवन विताइरहेका अमेरिकी धर्मगुरु एन्ड्रु ब्रुन्सोन तथा अन्य अमेरिकी नागरिकको रिहाईका लागि उक्त शर्त राखेको थियो ।
टर्कीविरुद्ध हुनेगरी गतिविधि गरेको आरोपमा धर्मगुरुसहित केही अमेरिकी नागरिकलाई बन्दी बनाइएको छ । जसका कारण टर्की र अमेरिकाबीच व्यापारयुद्ध नै चलेको छ । जसको प्रभाबले टर्कीको मुद्रामा केही समयमा नै ब्यापक गिरावट आएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार