राष्ट्रपति ओबामाद्वारा श्रद्धाञ्जलि अर्पण

८ श्रावण २०६९, सोमबार १८:०६ मा प्रकाशित

काठमाडौ, ८ साउन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले गत शुक्रबार भएको गोलीकाण्डमा परी निधन भएका अमेरिकी सहर कोलोराडोको अरोराका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । अमेरिकाको कोलोराडो राज्यमा रहेको एउटा सिनेमा हलमा शुक्रबार अन्धाधुन्ध गोली हानी एक अमेरिकी नागरिकले गत शुक्रबार कम्तीमा पनि १२ व्यक्तिको हत्या गरेको थियो । राष्ट्रपति ओबामा हिजो नै त्यहाँ पुगी हत्याकाण्डमा ज्यान गुमाएका नागरिकका आफन्तहरुलाई सान्त्वना दिनुभएको छ । उहाँले घटना कायरतापूर्ण भएको भन्दै यसको जतिधेरै निन्दा गरेपनि नपुग्ने धारणा राख्नुभएको बताइएको छ । एक अमेरिकी २४ वर्षे नागरिकले सिनेमा हलमा भिडभाड रहेको समयमा गोली चलाएको बताइएको छ । गोलीकाण्डमा परी ५० घाइते भएको १२ को ज्यान गएको पुष्टि भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो