गोसाइँकुण्ड तीर्थयात्री प्रभावित

३ भाद्र २०७५, आईतवार २३:०३ मा प्रकाशित

नुवाकोट, ३ भदौ । बाढीले गए राति पुल भत्काएपछि गोसाइँकुण्ड जाने तीर्थयात्री प्रभावित भएका छन् । पासाङल्हामु राजमार्गमा पर्ने त्रिशूली–बेत्रावती खण्डको विदुर नगरपालिका–१ र १० जोड्ने सिमुटारस्थित गेर्खुखोला पुल बाढीले भत्काएपछि तीर्थयात्री मारमा परेका हुन् । पुल बगाएपछि रसुवासँगको यातायात सम्पर्क टुटेको छ । बाढीले पुलको रसुवापट्टिको सडक १० मिटर बगाएको छ ।

रसुुवालाई काठमाडौँसँग जोड्ने सडक अवरुद्ध भएपछि तीर्थयात्री बाटोमै अलपत्र परेका छन् । अहिले गोसाइँकुण्डमा जनैपूर्णिमा मेला लागेको छ । मुलुकका विभिन्न ठाउँबाट तीर्थयात्री मेला भर्न यहाँ आएका छन् । सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । रसुवा जाने वैकल्पिक सडक त्रिशूली–तुप्चे–मनकामना–पैरेबेँशीसमेत पहिरोले बगाएपछि अवरुद्ध छ । गेर्खु खोलाको बाढीले सयौँ रोपनी खेत कटान गरेको छ । बाढीका कारण सयौँ परिवार जोखिममा परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता