राष्ट्रियताविरोधि पाठ पढाएको आरोपमा बसमा आगजनी

८ श्रावण २०६९, सोमबार १४:०० मा प्रकाशित

काठमाडौं, ८ साउन । चर्को शुल्क असुलेको लगायतका मुद्धामा देशभरका प्लस टु बन्द गराउंदै आएको नेकपा(माओवादी निकट अखिल क्रान्तिकारी संगठनले आज विहानै धरानस्थित दिल्ली पब्लिक स्कूलका दुईवटा बसमा आगजनी र तोडफोड गरेर क्षति पुर्‍याएका छन् । सुनसरीको इटहरीबाट विद्यार्थी बोकेर धरानतर्फ गइरहेको बेला धरान र हासपोसाको सिमानामा पर्ने सेउती पुलमा रोकेर स्कूल बसमा आगजनी र तोडफोड गरिएको हो । दिल्ली पव्लिकका तीन बसमध्ये एउटामा आगजनी, अर्कोमा तोडफोड र अर्को एउटालाई केही नगरी छाडेको धरानबाट प्राप्त समाचारमा जनाइएको छ। आन्दोलनकारीहरुले विद्यार्थीलाई बसबाट ओरालेर बसमा क्षति पुर्‍याएका थिए ।
बसमा आगजनी र तोडफोड पछि अखिल क्रान्तिकारीका कोचिला राज्य समितिका संयोजक प्रल्हाद राउतले घट्नाको जिम्मा लिदै केन्द्रीय निति अनुसार उक्त स्कूललाई कारवाही गरेको बताइएको छ । उनले राज्यले निर्धारण गरेको पाठ्यक्रम भन्दा बाहिरको पुस्तक पढाएर मुलुककको राष्ट्रियतामाथि नै आंच आउने काम गरेकोले कारवाही गरेको, पूर्वको सवैभन्दा महँगो शुल्क लिएर पनि कर्मचारीहरुको श्रम शोषण गरेको र प्राचार्य भारत सरकारद्धारा नियुक्त भई विदेशीकरणमा प्रत्यक्ष सम्लग्न भएकाले चेतावनीको रुपमा कारवाही गरेको राउतले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो

बागलुङ । “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी