सरकार सहमतिभन्दा पनि अध्यादेशबाट एकलौटि रुपमा मुलुक चलाउने योजनामा लागेको खनालको आरोप

८ श्रावण २०६९, सोमबार १२:५६ मा प्रकाशित

काठमाडौँ, ८ साउन । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सरकार पटकपटक अध्यादेश जारी गरेर मुलुक चलाउने प्रयासमा लागेको आरोप लगाउनुभएको छ ।

युवा सङ्घ नेपालको हिजोदेखि सुरु भएको दोस्रो राष्ट्रिय सम्मेलनको बन्द सत्रलाई आज यहाँ सम्बोधन गर्दै उहाँले राष्ट्रिय सहमतिका साथ अगाडि बढ्नुपर्ने वर्तमान अवस्थामा अध्यादेश जारी गरेर मुलुक चलाउने सरकारको कदमलाई कुनै पनि हालतमा मान्न नसकिने बताउनुभएको छ ।

उहाँले निर्वाचन आयोगले समेत यथास्थितिमा संविधानसभाको निर्वाचन हुन नसक्ने जनाइसकेको र त्यसका लागि अन्तरिम संविधानमा भएका ऐन संशोधन गर्नुपर्ने भएकाले त्यो कार्य राजनीतिक दलहरूको सहमतिबाट मात्र सम्भव भएको स्पष्ट पार्नुभयो ।

‘वर्तमान सरकारले सत्ता छाडेर दलहरूका बीचमा राष्ट्रिय सहमतीय सरकारको ढोका खोल्नुपर्छ,’ अध्यक्ष खनालले भन्नुभयो ।

उहाँले तत्काल प्रधानमन्त्रीको उम्मेदवार छानेर राष्ट्रिय सरकारका लागि नेपाली काँग्रेस तयार हुनुपर्छ, अन्यथा एमालेलाई सरकारको नेतृत्वका लागि सहयोग गर्नुपर्छ भन्नुभयो ।

एमालेका सचिव शङ्कर पोखरेलले राष्ट्रिय सहमतिका साथ मुलुकको सङ्क्रमणकाललाई अन्त्य गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्छ भन्नुभयो ।

एमालेका नेता घनश्याम भुसालले एमाओवादीको उग्रवामपन्थी सोचका कारण ऐतिहासिक जनआन्दोलनबाट प्राप्त उपलब्धि सङ्कटमा परेको र एमाओवादीको षडयन्त्रमा परेर अन्य राजनीतिक दलसमेत चुकेको टिप्पणी गर्नुभयो ।

बन्दसत्रमा एमालेका नेताहरू मोदनाथ प्रश्रित, योगेश भट्टराई, युवा सङ्घका अध्यक्ष महेश बस्नेतलगायतले मुलुकलाई अनिर्णयको बन्दी बनाइराख्न नहुने र राष्ट्रिय सहमतिको सरकार गठन गर्न दबाब सिर्जना गनुपर्नेमा जोड दिनुभएको थियो ।

आजसम्म जारी रहने भेलामा करिब ५०० जनाको सहभागिता छ । बन्द सत्रपछि सङ्घले आफ्ना निर्णय सार्वजनिक गर्दै भेला आजै समापन हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो