यमन आक्रमणमा मृत्यु हुने बालबालिकाको सङ्ख्या ४० : रेडक्रस

२९ श्रावण २०७५, मंगलवार २२:३० मा प्रकाशित

साना, यमन, २९ साउन (एएफपी)। यमनको उत्तरी क्षेत्रमा रहेको सादा प्रान्तमा गत बिहीबार साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले गरेको हवाई आक्रमणमा परी मृत्यु हुने यमनी सर्वसाधारणको सङ्ख्या ५१ पुगेको छ ।
मृतकमध्ये ४० जना बालबालिका रहेका अन्तर्राष्ट्रिय रेडक्रस समितिले मङ्गलबार जनाएको छ । उक्त हवाई आक्रमणमा ७९ जना घाइते भएका थिए ।
यमनमा हुथी विद्रोहीविरुद्ध साउदी अरब नेतृत्वको गठबन्धनले यहाँको सरकारलाई सघाउँदै आएको छ । अमेरिका तथा केही पश्चिमा देशहरूका सरकारले पनि हुथी समूहविरुद्धको कारबाहीमा हतियार तथा युद्धक विमानसहयोग दिई यमनी राष्ट्रपति अवेद्रब्वो मन्सुर हाडीको सरकारलाई सघाउँदै आएका छन् ।
यमनमा पटकपटकका आक्रमणमा निर्दोष नागरिक तथा बालबालिकाको मृत्यु भएपछि अमेरिका तथा यूरोपका कतिपय मुलुकले गठबन्धनलाई सम्वेदनशील भएर हुथी विद्रोही विरुद्धको कारबाहीमा अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
संयुक्त राष्ट्रसङघले बालबालिकामाथि लक्षित गरी भएको आक्रमणको आलोचना गरेको छ भने साउदी नेतृत्वको गठबन्धनले घटनाबारे छानविन गर्ने जनाएको छ ।
घटनापछि यमनमा अमेरिका र साउदी अरबको विरोध गर्दै हजारौँको सङ्ख्यामा प्रदर्शनहरू भएका बताइएको छ ।
यमनमा हुथी विद्रोहीले यमनी सरकार विरुद्धको आन्दोलनलाई राजधानी सानातर्फ लक्षित गरेपछि साउदी गठबन्धनले सन् २०१५ मा हस्तक्षेप गरेको थियो । द्वन्द्वमा परी १० हजारभन्दा बढी यमनी नागरिकको मृत्यु भएको राष्ट्रसङ्को तथ्याङ्क छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ