ऐक्यबद्धता परिषद्मा ब्राजिलका गोमेच

८ श्रावण २०६९, सोमबार ११:२५ मा प्रकाशित

काठमाडौँ, ८ साउन । नेपाल शान्ति तथा ऐक्यबद्धता परिषद्ले ब्राजिलका  सोकोरो गोमेचको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।   राजधानीमा यही साउन ५ देखि ७ गतेसम्म भएको विश्व शान्ति सम्मेलनले उहाँलाई अध्यक्षमा निर्वाचित गरेको हो । ब्राजिलको पूर्वमन्त्रीसमेत रहिसक्नुभएका उहाँ यसअघि पनि सो पदमा कार्यरत हुनुहन्थ्यो । परिषद्का महासचिवमा ग्रिसका थानासिस प्याफलिसलाई निर्वाचित हुनुभएको छ । उहाँ युरोपेली संसद्का  पूर्वसदस्य हुनुहन्छ ।

सम्मेलनले कार्यकारी सचिवमा ग्रिसका इराकलिस साभ्रादिसलाई निर्वाचित गरेको छ । नेपाल सो परिषद्को सचिवालय सदस्यमा निर्वाचित भएको सम्मेलनका संयोजक रवीन्द्र अधिकारीले जानकारी दिनुभयो । एसियाबाट नेपाल, भारत र जापानको प्रतिनिधित्व रहनेछ । परिषद्को कार्यसमितिमा विभिन्न ४० देश रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष गोमेचले विश्व शान्ति स्थापनाका लागि आफू क्रियाशील रहने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र