पुष्पलालको स्मृतिमा दौड

८ श्रावण २०६९, सोमबार ११:२३ मा प्रकाशित

काठमाडौँ, ८ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको चौतिसौँ स्मृति दिवसका अवसमारमा आज काठमाडौँ जिल्लाव्यापी अन्तरविद्यालयस्तरीय छात्रछात्रा दौड प्रतियोगिता आयोजना गरिएको छ ।

नेकपा(एकीकृत)समर्थित विद्यार्थी युनियनले आयोजना गरेको  सो प्रतियोगितामा छात्रतर्फ  महेन्द्र बौद्ध माध्यमिक विद्यालयका राजीव गुरुङ प्रथम, लोकेन्द्र लामा द्वितीय र अजय लामा तृतीय हुनुभएको छ ।  छात्रातर्फ महेन्द्र बौद्ध माविकै कुसुम खड्का प्रथम, विष्णु मैनाली द्वितीय र शर्मिला कार्की तृतीय हुनुभएको थियो ।

दौड शान्तिवाटिकाबाट सुरु भएर पुरानो बसपार्क, भद्रकाली, सुन्धारा, वीर अस्पताल, जमल हुँदै जमलमा आएर अन्त्य भएको थियो । प्रतियोगितामा २७ वटा स्कुलका छात्रछात्रा गरी करिब १५० जनाले भाग लिएका थिए ।

उत्कृष्ट हुनेलाई सिल्ड, प्रमाणपत्र,पदक र उपयोगी पुस्तक प्रदान गर्दै नेकपा(एकीकृत)का  अध्यक्ष ऋषि कट्टेलले मुलुकका सम्पूर्ण वामपन्थी, प्रगतिशील देशभक्त तथा जनवादी कम्युनिस्ट एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

टोकियो ओलम्पिकमा आज १२ खेलका २७ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्समा सर्वाधिक ८ स्वर्ण पदकको टुंगो लाग्दैछ

टोकियो ओलम्पिकको १२ औं दिन आज विभिन्न १० खेलका १७ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्समा सबैभन्दा बढी

काठमाडौं । पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिनुभएको छ । खड्काले आज सामाजिक सञ्जालमा लेख्दै अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिएको

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता कात्तिक २९ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल