म्यानचेस्टर गोली काण्डमा १० घाइते

२७ श्रावण २०७५, आईतवार २२:२८ मा प्रकाशित

लण्डन, बेलायत, २७ साउन । बेलायती शहर म्यानचेस्टरमा भएको गोली काण्डमा कम्तीमा १० जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
स्थानीय समयअनुसार आइतबार (बिहान २ः३० बजे) मोससाइड क्षेत्रको क्लेयरमाउन्ट रोडमा चलेको गोली लागी उनीहरू घाइते भएको ग्रेटर म्यानचेस्टर प्रहरीले बताएको छ ।
गुप्तचर प्रहरी निरीक्षक डेवी डुलीले भन्नुभयो, “हामीले अहिले केही स्थानीयहरूलाई घाइते अवस्थामा अस्पतालमा भेटेका छौँ । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको र उहाँहरूको उपचार भइरहेको छ । सबै घाइतेको अवस्था खतरामुक्त रहेको छ ।”
उहाँले घटनालाई खतरनाक आक्रमणको सज्ञा दिँदै अधिकारीहरूले घटना कहाँ भएको र यसका दोषीहरूबारे अनुसन्धान गरिरहेको बताउनुभयो ।
डुलीले भन्नुभयो, “घटनामा दोषी रहेको आशङ्कामा क्यारेवियाली व्यक्तिलाई पक्राउ गरिएको तर घटनाको केहीघण्टा पहिले उसलाई छोडिएको थियो । त्यसैले त्यहाँ त्यस किसिमका केही मानिसहरूको समूह हुनसक्छन् ।”

प्रतिक्रिया
सम्बन्धित खवर

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार

प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोनाभाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उहाँको आफ्नै नगर काउन्सिलले निलम्बन गगरेको