प्रधानमन्त्री ओली र डा.केसी भेट, ‘ढुक्क हुनुहोस्, सहमतिमा तलमाथि हुँदैन’

२७ श्रावण २०७५, आईतवार ००:१७ मा प्रकाशित

काठमाडौँ, २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र डा. गोविन्द केसीबीच भएको सहमति प्रति आफू इमान्दार रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले डा. गोविन्द केसीसंग शनिबार भएको भेटमा डा.केसीले अनसन बन्ने अवस्था आउन नदिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओली र डा. केसीबीच भेटवार्ता भएको थियो। ‘सहमतिप्रति म पूर्णरुपमा इमान्दार छु, फेरि अनसन बस्ने अवस्था आउन दिने छैन,’ भेटमा प्रधानमन्त्री ओलीले भने, ‘ढुक्क हुनुहोस्, सहमतिमा तलमाथि हुँदैन ।’

डा. केसीले आफूसँग भएको सहमति कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । उनले १५ दिनभित्र पूरा गर्ने भनिएको मागलाई सरकारले बेवास्ता गरेको भन्ने चिन्ता प्रकट गरेका थिए।

प्रधानमन्त्री अाेलीले संसदमा लैजानुपर्ने विषय सहमतिअनुसार नै लगेको र मन्त्रिपरिषद्मा आउनुपर्ने विषयका हकमा भने शिक्षामन्त्रीसँग बुझेर जवाफ दिने जानकारी दिएका थिए ।

वार्तामा डा. केसीको तर्फबाट डा. केसीसहित डा. सुरेन्द्र भण्डारी,ओमप्रकाश अर्याल, डा. अभिषेकराज सिंह, विशद दाहाल, डा. विश्वराज तिमिल्सिना, प्रितम सुवेदी थिए भने सरकारको तर्फबाट प्रम ओलीसहित प्रमुख सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार डा.कुन्दन अर्याल थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ:  प्रधानमन्त्री केपी शर्मा ओलीले  आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने  पुष्टयाइँका लागि सोमबार प्रतिनिधिसभाको अधिवेशन बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ: नेकपा (एमाले) संघीय संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवम् नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीलाई

पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ हजार ८५० सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित

काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । एमाले