भारतका नवनिर्वाचित राष्ट्रपति मुखर्जीलाई प्रधानमन्त्रीद्वारा शुभकामना

८ श्रावण २०६९, सोमबार १०:२४ मा प्रकाशित

काठमाडौ, ८ साउन । भारतका नवनिर्वाचित राष्ट्रपति प्रणव मुखर्जीलाई प्रधानमन्त्री डा. बावुराम भट्टराईले आज विहान टेलिफोन सम्पर्क गरी बधाई ज्ञापन गर्नुभएको छ ।
प्रधानमन्त्री डा. भट्टराईले मुखर्जीको विजयमा नेपाली जनता र राजनीतिक दलहरु खुसी रहेको बताउनु भयो । उहाँले नवनिर्वाचित राष्ट्रपति मुर्खर्जीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै भावी दिनमा आपसी सम्बन्ध अझै सुमधुर हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति मुखर्जीले धन्यवाद व्यक्त गर्दै आफू नेपाल र नेपालीको सधै असल मित्र भएको बताउनु भयो । उहाँले दुई पक्षीय सम्बन्ध अझै मजवुत हुँदै जाने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ

काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी

डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि शुक्रबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला