केही दिनमै कांग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्ने कोइरालाको दाबी

८ श्रावण २०६९, सोमबार १०:१९ मा प्रकाशित


काठमाडौं, ८ साउन । गतिरोधपूर्ण राजनीतिलाई निकास दिने सवालमा कांग्रेसको भूमिका अत्यन्त फितलो भएको भनी चौतर्फी आलोचना बढेपछि राजनीतिक गत्यारोधलाई निकास दिने भन्दै छलफलका लागि कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाउने भएको छ । केन्द्रीय समितिमा छलफल गरेर निर्वाचनमा नै जाने निर्णय लिने तयारी कांग्रेसले गरेको बुझिएको छ ।
सबै राजनीतिक दलहरू निर्वाचनमा जानेमा सैद्धान्तिक रूपमा सहमत देखिए पनि संविधानसभा या संसद्को निर्वाचन ? भन्ने विषयमा मतान्तर छ । दलहरूले निकासका लागि यसरी निर्वाचन रोजे पनि प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाएर राष्ट्रिय सहमतिको सरकार गठन गरेर मात्र निर्वाचनका लागि सहमति बन्नृे विपक्षी दलको जिकीर छ । यसैक्रममा कांग्रेस सभापति सुशील कोइरालाले केही दिनभित्रै सहमति बन्ने बताएका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेस सभापति सुशील कोइरालाले
ुकेही दिनभित्रै सहमतिकै आधारमा कांग्रेस नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने दाबी गरेर नयां राजनीतिक तरंग पैदा गरिदिएका छन् ।
कोइरालाको यस अभिव्यक्तिलाई भारतीय राजदूत जयन्तप्रसादको सक्रियतासंग जोडेरसमेत हेरिएको छ । स्मरण रहोस्, राजदूत जयन्तप्रसादले दिल्ली भ्रमणबाट फर्केलगत्तै हालै कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलसँग संविधान र राष्ट्रिय सहमतिको सरकारबारे छलफल थालेका थिए ।
बुझिएअनुसार दिल्लीले यतिबेला कांग्रेसले अहिलेको निकास कसरी दिने भन्नेबारे स्पष्ट रोडम्याप खोजिरहेको छ । त्यो दिनासाथ कांग्रेस नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने दिशामा सकारात्मक वातावरण बन्छ । अहिले कांग्रेसले स्पष्ट धारणा ल्याउन नसकेका कारण पनि राजनीति अन्योलग्रस्त जस्तो देखिएको हो । पछिल्लो समय बाबुराम भट्टराईकै नेतृत्वलाई भारतले साथ दिन नचाहेको कांग्रेसको बुझाइ छ । कांग्रेसले अबको केन्द्रीय समितिको बैठकमा निर्वाचनमा जाने निर्णय लिनुको साथै प्रधानमन्त्रीको उम्मेदवारको विषयमा पनि छलफल गर्ने भएको छ ।
संविधानका विषयमा सहमति निर्माण हुन नसके पनि राष्ट्रिय सरकार निर्माण भएपछि निर्वाचनमा भने सहमति हुने दाबी कांग्रेसको छ । सरकारले बाटो छाडेर राष्ट्रिय सहमतिको सरकार बन्ने वातावरण बनेपछि दलहरूका बीच विश्वासको वातावरण बन्छ, त्यसपछि यी सबै विषयमा सहमतिमा पुग्न सकिन्छ, कांग्रेसका एक नेताले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको