सरकारको सुकुम्बासी बसाउने तयारीको विरोधमा ललितपुर बन्द दोस्रो दिन पनि जारी

८ श्रावण २०६९, सोमबार १०:१६ मा प्रकाशित

काठमाडौ, ८ साउन । ललितपुरको सुन्दरीघाटमा सुकुम्बासी राख्ने सरकारको तयारीविरुद्ध स्थानीयबासीले गरेको ललितपुर बन्दको दोस्रो दिन आज पनि यहाँको जनजीवन प्रभावित भएको छ । बन्दका कारण विहानैबाट सवारीका साधन नचलेको ट्राफिक प्रहरीले जनाएको छ । आफूहरुको मागको बारेमा सरकारले उचित निर्णय नगरेसम्म विरोध र बन्द जारी रहने स्थानीयबासीको भनाइछ । बन्दको अवज्ञा गरेकोभन्दै हिजो बन्दकर्ताले करिब एक दर्जनबढि सवारी साधनमा तोडफोड गरेका थिए । थापाथलीबाट उठाइएका सुकुम्बासीलाई सरकारले सुन्दरीघाटमा अधिग्रहण गरेको जग्गामा बसाउने तयारी गरेपछि ललितपुरका बासिन्दाहरुले विरोधजनाउँदै बन्दको आह्वान गरेका हुन् । सरकार विरुद्धको मोर्चाबन्दीमा सहभागी राजनीतिक दलहरुले पनि ललितपुरबासीको मागमा समर्थन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ