बैद्यसमूहको विद्यार्थी संगठनको कारण देशैभरीका निजी उच्च मावि आज पनि बन्द

८ श्रावण २०६९, सोमबार १०:१५ मा प्रकाशित

काठमाडौ, ८ साउन । नेकपा–माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले आह्वान गरेको बन्दका कारण आज दोस्रो दिन पनि देशभरका निजी उच्च माविको पठनपाठन प्रभावित भएको छ । बन्दका कारण देशभरका ५ सय ७ निजी उच्च माविमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठन प्रभावित बनेको हो ।
विदेशी नाम खारेज गरी नेपाली राष्ट्रियता झल्किने नाम राख्नुपर्ने,उच्च माध्यामिक शिक्षा परिषद्सँग भएको सहमति कार्यान्वयन गरिनुपर्ने लगायत माग राखेर मोहन वैद्य नेतृत्वको नेकपा– माओवादी पार्टीको विद्यार्थी सङ्गठनले निजी विद्यालय बन्द आह्वान गरेको हो । संगठनका संयोजक शरद रसाइलीले निजी विद्यालय र कलेजले लिएका शुल्क वैज्ञानिक हुनुपर्ने, दर्ता नगरी सञ्चालन गरिएका निजी विद्यालयको सम्बन्धन खारेज गर्नुपर्ने माग आफूहरुले उठाएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गोरखा । चुनावी सभालाई सम्बोधन गर्न गत ६ वैशाखमा गोरखा आइपुगेका जसपाका संघीय परिषदका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । देशका ७५३ स्थानीय

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका

काठमाडौं । नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं,

आजको प्रमुख समाचार