लडाकू समायोजनको मुद्दामा प्रचण्डले दिए धम्की

८ श्रावण २०६९, सोमबार ०९:३५ मा प्रकाशित


काठमाडौं, ८ साउन । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्ना पूर्वलडाकूहरुको सम्मानजनक समायोजन नभए सबैलाई स्वेच्छिक अवकासमा फर्काइने जनाएका छन् । सातौं विस्तारित बैठक समाप्तिपछि आयोजित पत्रकार सम्मेलनमा उनले शान्तिप्रक्रिया सम्मानजनक रुपमा टुङ्गिएन भने अर्को हिंसा सुरु हुने उद्घोष गर्दै नेपाली कांग्रेस र एमालेका नेताहरुले शान्तिप्रक्रियाको भावना नबुझेकाले समायोजन प्रक्रियामा अवरोध देखिएको आरोप लगाए र भने, ‘नेपाली सेनामा नयां भर्ती गरेजसरी लडाकू भर्ना हुन सक्दैनन् ।’ प्रचण्डको यस अभिव्यक्तिलाई यतिबेला विश्लेषकहरुले अर्थपूर्ण रुपमा हेरेका छन् ।
तीन हजार लडाकूको समायोन प्रक्रिया करिब तीन सातादेखि अवरुद्ध छ । पांच दिन चलेको विस्तारित बैठकमा पनि कतिपय कार्यकर्ताले अन्य दलसंग आफ्नो पार्टी नेतृत्वले असमान सम्झौता गरेकोले यस्तो अवस्था आएको भन्दै चर्को असन्तुष्टि जनाएका थिए । त्यो मामिलामा प्राविधिक गल्ती भएको कुरा आफ्नो राजनीतिक प्रतिवेदनमा स्वीकार गरेका प्रचण्डले पत्रकार सम्मेलजनमा चाहिं कांग्रेस र एमालेप्रतिको आफ्नो विश्वासका कारण समस्या उत्पन्न भएको उल्लेख गर्दै भने, ‘यसलाई सम्मानजनक बनाइएन भने ती हातहतियारहरु संस्थागत ढंगले म्युजियममा राख्ने र सबै लडाकू स्वेच्छिक अवकासमा निस्कनेभन्दा हाम्रो अगाडि अन्य उपाय बांकी रहंदैन र त्यो भनेको यस प्रक्रियाकै असफलता मानिन्छ ।’
त्यस्तो निर्णय लिनुअघि कांग्रेस र एमाले नेतृत्वसंग समायोजन प्रक्रियाका विवादित मुद्दाबारे उमेर र शिक्षाका विषयमा सहमति खोजिने प्रचण्डको भनाई थियो । तर, ती पार्टीले नमानेमा अर्को हिंसाको सम्भावना प्रचण्डले दर्शाए । परोक्ष रुपमा धम्की दिने भाषामा उनले भने, ‘माओवादीलाई कमजोर पार्न सकिन्छ कि भनी समायोजनमा टाङ अड्काएर नेपालको शान्तिप्रक्रिया टुङ्गिदैन, नेपालको परिवर्तन संस्थागत हुंदैन । खाली माओवादीसंगको मात्रै कुरा होइन, उनीहरुले बुझ्नै पर्छ कि यो शान्तिप्रक्रिया टुङ्गिएन भने नेपालमा अर्को हिंसा सुरु हुन्छ–हुन्छ ।’
संसोधनवादमा फसिसकेको नेतृत्वले पार्टीलाई धोका दिएको भन्दै माओवादीका प्रभावशाली नेताहरु मिलेर हालै नयां पार्टीको जन्म दिएका छन् । तर, उनीहरुलाई एकताको निम्ति अपिल गर्दै प्रचण्डले दुवै पार्टीको प्रस्तावित महाधिवेशनलाई एकताको महाधिवेशनमा रुपान्तरित गर्न आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका