जाजरकोटको खलंगामा पहिरो, आठको मृत्यु,एक अझै बेपत्ता

२० श्रावण २०७५, आईतवार २२:४६ मा प्रकाशित

जाजरकोट, २० साउन । जाजरकोट सदरमुकाम खलंगामा आज बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । पहिरोले पुरेका आठ जनाको शव निकालिएको छ । एक जना अझै बेपत्ता छन् । एक जनाको जीवितै उद्धार गरिएको छ ।

भेरी नगरपालिका¬ ६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको छ । मृत्यु हुनेमा खड्गबहादुर लुहारकी श्रीमती २५ वर्षीया शितला लुहार, उहाँका छोरीहरु ९ वर्षीया भावना परियार, ६ वर्षीया रञ्जना परियार र ३ वर्षीया मनिसा परियार रहेका छन् । उनीहरुको शव पहिरोले पुरेको अवस्थामा घरभित्रबाट निकालिएको हो ।

उनीहरु सबै भेरी–३ खलंगा ठाँटीस्थित तीर्थराज बोहराको घरमा भाडामा बस्दै आएका थिए । त्यस्तै घरमुली तीर्थराज बोहराकी ७ वर्षीया छोरी नग्मा बोहराको पनि मृत्यु भएको छ । जीवितै उद्धार गरिएका खड्गबहादुर लुहारको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ । छाती, टाउको र खुट्टामा चोट लागेका लुहारको अवस्था गम्भीर छ ।

यसै ठाउँमा गोपाल सुनारको घर पहिरोले पुर्दा कुशे–६ ढिमेका १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नवीन परियारको शव फेला परिसकेको छ । नलगाड–१ डाँडागाउँका ८ वर्षीय गोविन्द परियारको लाश फेला परेको छैन । पानी परिरहेकाले उद्धारमा समस्या भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

मृतकका परिवारलाई राहत र घाइतेको उपचार गर्न माग

जाजरकोट निर्वाचित सांसदले पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत र घाइतेको उपचार निःशुल्क गर्न माग गरेका छन् ।

आजको संसद् बैठकमा बोल्दै सांसदले पहिरोले स्थानीय दुई जनाको घर पुरिँदा नौ जनाको मृत्यु हुनुका साथै केही घाइते भएको भन्दै प्रदेश सरकारका तर्फबाट मृतक परिवारलाई तत्कालीन राहत र घाइतेको उपचार गर्न माग गरेका हुन् ।

सांसद गणेशप्रसाद सिंहले जनतालाई प्रदेश सरकारको अनुभूति दिलाउन घटनास्थलमै पुगेर पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गर्नुभयो । उहाँले भन्नुभयो, “२४ घण्टाभित्र घटनास्थलमै पुगेर राहत उपलब्ध गराउन प्रदेश सरकारको ध्यान जाओस् ।” सांसद कौशिलावती खत्रीले संसद्मा उठाएका कुराहरुको सम्बोधन नहुने गरेको भन्दै आपत्ति जनाउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको