ह्वाइट हाउसः ट्रम्पलाई किम जोङ उनले पत्र लेखे

१७ श्रावण २०७५, बिहीबार २३:४० मा प्रकाशित

वासिङटन, १७ साउन (एपी) । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियाली नेता किम जोङ उनले बुधबार नयाँ पत्र लेखेको जनाएको छ ।

ट्रम्पले बिहीबार ट्वीट गर्दै किमलाई धन्यवाद दिनुभएको छ । “शिष्ट पत्रका लागि धेरै धन्यवाद । आशा छ हाम्रो भेट चाँडै हुनेछ,” राष्ट्रपति ट्रम्पले भन्नुभयो ।

ह्वाइट हाउसकी प्रवक्ता सराहा स्यान्डर्सले “सिंगापुर शिखर बैठकको फलोअप गर्न” र त्यस बैठकमा जारी संयुक्त वक्तव्यमा व्यक्त प्रतिबद्धता अनुरुप अघि बढ्ने उपायका बारेमा पत्राचार केन्द्रित रहेको रबताउनुभयो ।

ह्वाइट हाउसले ट्रम्प र किमबीच तत्कालै भेटघाट हुने बारे केही खुलाएको छैन ।

उपराष्ट्रपति माइक पेन्स र अमेरिकी सैनिक नेतृत्वले हवाईमा बुधबार मात्र सन् १९५० को दशकमा भएको कोरियाली युद्धमा हराएका अमेरिकी सैनिकका अवशेष बुझेका थिए ।

उत्तर कोरियाले लामो दूरीसम्म मार हान्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम पुनः शुरु गरेको र आणविक निरस्त्रीकरण कार्यक्रमप्रति चासो व्यक्त भइरहेको अवस्थामा नयाँ चिठी वासिङटन पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो