राष्ट्रपति दबावमा

८ श्रावण २०६९, सोमबार ०७:४४ मा प्रकाशित

काठमाडौ, ८ साउन । मुलुकको अभिभावकीय भूमिका चित्तबुझ्दोगरी निर्वाह गर्न नसकेको भनी आफै असन्तुष्ट रहेका राष्ट्रपति डा. रामवरण यादव थप दबावमा पर्नुभएको छ । नेपाली कांग्रेसका शीर्ष नेताहरुले हिजो उहांसंग भेटेर वर्तमान राजनीतिक समस्याको समाधानबारे छलफल गर्ने क्रममा राष्ट्रपति आफ्नो भूमिकामा सुस्त रहेको संकेत गरेपछि राष्टपति दबावमा पर्नुभएको हो । उक्त भेटघाटमा पार्टी सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति पौडेल सहभागी हुनुहुन्थ्यो ।

घोषित निर्वाचनका लागि संविधान र कानुन संशोधन गर्न सरकारलाई दिइएको समयसिमा सकिएपछि राष्ट्रपतिलाई भेटगर्न गएका कांग्रेस नेताहरुले सरकारले नयाँ निर्वाचनका लागि घोषणा गरेको मितिमा निर्वाचन हुन नसक्ने र चुनावका लागि आवश्यक कानुन संशोधनका लागि निर्वाचन आयोगले दिएको समयसिमा सकिएको भनी राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए । यसलाई राष्टपतिले आफूलाई सक्रिय हुन परोक्ष तवरमा आग्रह गरेको रुपमा बुझ्नुभएकाले दबाव महसुस गर्नुभएको स्रोतको कथन छ । उक्त भेटपछि नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक समस्या समाधानका लागि संविधान संरक्षकको हैसियतले राष्ट्रपतिको भूमिका के हुन सक्छ त्यो उहाँले नै सोच्ने विषय हो भन्ने प्रतिक्रिया दिनुभएको छ, जसलाई विश्लेषकहरुले अर्थपूर्ण रुपमा लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । फेला परेकोमा काठमाडौँ उपत्यकामा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही