अर्घाखाचीको नरपानीमा भएको सडक दुर्घटनामा कम्तीमा १४ को मृत्यू

७ श्रावण २०६९, आईतवार १९:४८ मा प्रकाशित

पाल्पा, ७ साउन  ।बुटवलबाट अर्घाखाचीको सन्धिखर्क तर्फ जादै गरेको बा २ ख ७९४८ नम्बरको फोर्स गाडी नरपानी गा.वि.स. वार्ड नम्बर ५ दहखोलामा दुर्घटना हुदा  १४ जना भन्दा बढिको मृत्यु भएको छ । बुटवलबाट १७ जना यात्रु लिएर हिडेको देउराली यातायात समितिको गाडी नरपानि गाविसको दहखोलाको चिप्लो मोडमा दुर्घटना भएको थियो । बुटवलबाट १७ जना यात्रु लिएर हिडेको भए पनि विचबाटोमा यात्रुहरु थप गरिएको कारण मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
मृत्यु हुने ९ जनाको सव पहीचान गर्न सकिने अवस्थामा रहेको भए पनि अन्यको शव क्षत विक्षत अवस्थमा रहेको घटनास्थल पुगेका पत्रकार उमाकान्त पाण्डेले बताए ।
दुर्घटनाबाट बच्न सफल भएका ३ जना घाईहरुलाई उपचारको लागि जिल्ला अस्पताल सन्धिर्ख लगिएको छ ।
दुर्घटनामा मृत्युहुनेहरुको अझै सनाखत हुन सकेको छैन ।
उद्धारको लागि स्थानिय बासिन्दा, प्रहरीहरु लागिपरेको जनाइएको छ ।
गाडी सडकबाट करिव ३ सय मिटर तल खोलाको खोचमा खसेका कारण उद्धारकार्य कठिन भएको अर्घाखाची प्रहरीले  जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा