निर्णायक आन्दोलन हुन्छ : वरिष्ठ नेता पौडेल

१५ श्रावण २०७५, मंगलवार २२:४० मा प्रकाशित

तनहुँ, १५ साउन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारको रवैया यहि किसिमको रहिरहे पार्टी निर्णायक आन्दोलन गर्न पछि नहट्ने बताउनुभएको छ ।

तनहूँमा आज आयोजित सभामा नेता पौडेलले भन्नुभयो सरकारलाई ठीक ठाउँमा ल्याउन र सचेत गराउन प्रतिकारात्मक विरोध कार्यक्रम गरेका हौँ नसच्चिए निर्णायक आन्दोलन गर्न तयार छौँ ।

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्र नक्कली नै थियो भने सर्वोच्च अदालतमा बसेर न्यायनिसाफ गरिरहेका न्यायपरिषद्ले के हेरेर सिफारिस ग¥यो यसकारण सर्वप्रथम न्यायपरिषद्का पदाधिकारीलाई कारबाही गर्नुपर्छ भन्ने उहाँको भनाई थियो ।

काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले दुईतिहाई बहुमतको आडमा कम्यनिष्ट सरकारले लोकतन्त्रको स्थायीत्व, समृद्ध नेपाल र जनताको भावना विपरित काम गरेको आरोप लगाउनुभयो । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले सरकार संसदलाई नै बन्धक बनाएर एकाधिकार तरिकाले चल्न थालेको आरोप लगाउनुभयो ।

पार्टी कार्यालयबाट निस्केको विशाल र्यालीले बजार परिक्रमा गर्दै दमौलीको अनशन चौतारीमा सभामा परिणत भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने