गल्फ खेलाडी थाइल्याण्डतर्फ

१५ श्रावण २०७५, मंगलवार ०६:२० मा प्रकाशित

काठमाडौँ, १४ साउन । इन्डोनेसियामा आयोजना हुने १८ औँ एशियाली खेलकूद (एशियाड) को थप तयारीका लागि नेपाल गल्फ टोली आज थाइल्याण्ड प्रस्थान गरेको छ ।

आगामी भदौ २ गतेदेखि हुने उक्त प्रतियोगिता तयारीका लागि गल्फ सङ्घका अध्यक्ष टासी घलेसहित चार खेलाडी वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्ड गएका हुन् । नेपाली गल्फ टोलीले एशियाडमा पुरुषतर्फ टिम इभेन्ट र एकलमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले नेपाली गल्फले पछिल्लो समय निकै मेहनत गरको भन्दै सफलताको शुभकामना दिनुभयो । खेलाडीमा टङ्कबहादुर कार्की, शुक्रबहादुर राई, पृथ्वी मल्ल र अजित विक छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले पञ्जाब किङ्सलाई ६

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । प्रतियोगितामा पहिलो जित हासिल