बालविवाहलाई अन्तर्जातीय भनेर लुकाइएको खुलासा

७ श्रावण २०६९, आईतवार १८:४३ मा प्रकाशित


काठमाडौ, ७ साउन । बालविवाहको घटनालाई अन्तर्जातीय विवाहको आवरणमा छिपाउने प्रयास भएको रहश्योद्घाटन भएको छ । धादिङको पिडा गाविसमा तीन साताअघि १४ वर्षीया सम्झना सुवेदीको नमराज विकसंग जबर्जस्ती विवाह गराएको घटना प्रकाशमा आएपछि महिला बालबालिका तथा समाजकल्याण मन्त्री बद्रीप्रसाद न्यौपानलेले बालविवाहको घटनामा कानूनअनुसार कारवाही हुने बताए ।
सम्झनाकी आमा पम्फा सुबेदीसहित सो गाविसको नागरिक समाजले राजधानीमा आयोेजना गरेको अन्तक्र्रिया कार्यक्रममा मन्त्री न्यौपानेले अन्तर्जातीय विवाह गर्न पाइने भए पनि अन्तर्राष्ट्रिय बालमहासन्धी, मुलुकी ऐनसहितका नेपालका कानूनहरुले बालविवाह गर्न नपाइने स्पष्ट ब्यवस्था गरेकोले सोही अनुसार घटनाको छानविन गरेर दोषिमाथि कारवाही गर्नुपर्ने बताए । उनले भने– ‘बालविवाह गर्न पार्इंदैन, सरकार यसमा स्पष्ट छ, म आफै पनि पीडकलाई कानून अनुसार कारवाही गराउन पहल गर्छु ।’ उनले मुलुकी ऐनको महल १७ को २ अनुसार बालविवाह गर्नेलाई ३ महिना देखि १ वर्ष कैद र ५ हजार रुपैयां जरिवाना हुने ब्यवस्था रहेकोले सोहीअनुसार कारवाही प्रक्रिया अगाडि बढाउनसमेत पिडीत पक्षलाई सुझाव दिए ।
गत असार १७ गते विद्यालयबाट घर फर्कदै गरेकी सुबेदीलाई उनको दिदी नातापर्ने इन्दिरा सुबेदी विकले फकाएर नमराज विकस“ग विवाह गराइदिएका थिए । सो विषयमा गा“उमा विवाद भएपछि सो विषयलाई विक पक्षधरले अन्तर्जातीय विवाहको विरोध भएको भनि प्रचार गरेर बालविवाहको बस्तविकता लुकाउने प्रयास गरेको सम्झनाकी आमाले गुनासो गरिन् । छोरीको जवरजस्ती विवाह गराएको विषयमा छलफल गर्न बोलाइएकोमा पीडक पक्षले बाहिर गएर गैरदलितले दलितलाई हेपे, अन्तर्जातीय विवाहको विरोध गरे भनेर प्रचारबाजी गर्दा आफूहरु पीडित बनेको भन्दै उनले घटनाको छानविन गरी दोषिमाथि कारवाही गराउन समेत माग गरिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटको नजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा