‘गैर आवासीय नेपालीलाई नागरिकता दिने संवैधानिक हक कार्यान्वयन हुनेछ’

१३ श्रावण २०७५, आईतवार २३:३० मा प्रकाशित

लक्जमबर्ग, १३ साउन । परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले गैर आवासीय नेपालीलाई नागरिकता दिने संवैधानिक हक कार्यान्वयन हुने बताएका छन् । आइतबार लग्जेम्बर्गमा सुरु भएको गैरआवासीय नेपाली संघको ११ औँ युरोपीय क्षेत्रीय भेलालाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले गैरआवसीय नेपालीहरुको पहिचान र भूमिकालाई संविधानले नै प्रत्याभुति गरेकाले त्यसको सम्मान गरिने बताएका हुन् ।

मन्त्री ज्ञावलीले भने, ‘निकै लामो छलफल पश्चात गैर आवासीय नेपालीलाई नागरिकता सम्बन्धी व्यवस्था गरिएको हुँदा यसमा आशंका नगर्नुस् ।’

भेलामा पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले गैर आवासीय नेपालीलाई राजनीतिक अधिकार पनि दिनुपर्ने आफ्नो धारणा रहेको बताए ।

कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछाने संविधानमा उल्लेख भएको गैर आवासीय नेपालीको नागरिकता अविलम्ब कार्यान्वयनमा ल्याउन माग गरेका थिए ।

युरोपीय एनआरएनको प्रतिवद्धताः नेपालमा पर्यटक, ज्ञान सीप र लगानी भन्ने मुल नाराका साथ बैठकको उद्घाटन ज्ञवालीसहित आयोजक राष्ट्र लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइश, संघका अध्यक्ष भवन भट्ट, युरोप संयोजक शिव वरुवालले सामुहिक रुपमा गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९