हिन्दू संस्कारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

१३ श्रावण २०७५, आईतवार २३:०२ मा प्रकाशित

नेपालगञ्ज, १३ साउन । हिन्दू संस्कारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि यहाँ शुरु भएको छ । विश्व हिन्दू परिषद्ले आयोजना गरेको उक्त सम्मेलनमा हिन्दू संस्कार, नैतिक शिक्षालगायत विषयमा छलफल हुनेछ ।

सम्मेलनमा जर्मनी, भारत, अमेरिका, बहराइन, क्यानडालगायत ११ मुलुकका ७० जना धार्मिक विषयका ज्ञाता तथा नेपालका ५४ जिल्लाका करिब ३५० प्रतिनिधिको सहभगिता रहेको छ । हिन्दू संस्कारका लागि बाँके र बर्दियामा सञ्चालित एकल विद्यालय अभियानअन्तर्गत १४० बाल विकास केन्द्रको अवलोकनसमेत गर्ने कार्यक्रम छ ।

सम्मेलनको विश्व हिन्दू परिषद् इटलीका अध्यक्ष रमेश जैनले उद्घाटन गर्नुभएको थियो । जनकल्याण प्रतिष्ठान नेपाल, बाँकेको संयोजनमा भएको सम्मेलन सोमबारसम्म चल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्यूठानमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु

काठमाडौँ । सरकारले ११ देशमा राजदूत नियुक्तिको तयार गरेको छ । लामो समयदेखि राजदूत पद रिक्त रहेका ५ देश र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा