फरार ठग पक्राउ

७ श्रावण २०६९, आईतवार १८:२३ मा प्रकाशित

काठमाडौं, ७ साउन । जालसाजी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सजाय तोकिएका एक फरार ठगलाई प्रहरीले पुनः पक्राउ गरेको छ । गत २०६८ असोज २६ गतेको पैmसला अनुसार २ लाख ८ हजार ३ सय ३३ जरीवाना र २५ लाख बिगो सजाय ठहर भई फरार रहेका काठमाडौं सितापाइला बस्ने पाल्पा तानसेन–५ का ५७ बर्षीय श्यामप्रसाद सैंजुलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजका प्रहरीले काठमाडौं बागवजार इलाकामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेश गरेको छ । सैजु समेतका व्यक्तिहरुले मिलोमतो गरी विष्णुदेवी महर्जन र उनका दुई नावालक छोराछोरीहरुको हक लाग्ने काठमाडौं सतुङ्गल–७ को कित्ता नम्बर ५४५ को ०–३–०–२ भएको घर जग्गा मन्जुरीबेगर राजिनामा लिखित जालसाजी गरी प्राप्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको