क्यालिफोर्निया डढेलोका कारण दुई जनाको मृत्यु, पाँच सय संरचना ध्वस्त

१२ श्रावण २०७५, शनिबार २२:५४ मा प्रकाशित

क्यालिफोर्निया, १२ साउन (एपी)। अमेरिकाको क्यालिफोर्निया राज्यमा कार फायर नाम दिइएको डढेलोका कारण दुई अग्निनियन्त्रकले ज्यान गुमाएका छन् भने हजारौँ मानिस विस्थापित बनेका छन् ।
डढेलोले पाँच सयभन्दा बढी संरचना ध्वस्त बनाएको छ भने हजारौँ घरहरू जोखिममा परेका छन् ।
वेगसाथ चलेको हावाहुरीका कारण त्यहाँ आगोका लप्काहरू आँधीजस्तो फैलिएको बताइएको छ ।
शास्टा क्षेत्रमा फैलिएको आगोलाई उच्च वेगको हावाले आँधीको स्वरूप दिएको छ जसले रुखहरू ढालिदिएको छ अनि गाडीहरूलाई सडक किनारामा लडाइदिएको छ ।
आगलागी नियन्त्रणका लागि अग्निनियन्त्रकहरू अनवरत खटिरहेका भएपनि आगोको प्रभाव खासै नियन्त्रणमा ल्याउन सकिएको छैन ।
सोमवार सुरु भएको डढेलो त्यो भनेको सान फ्रान्सिस्को शहरको क्षेत्रफल बराबर अर्थात् ४८ हजार एकड क्षेत्रफलमा फैलिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो