रसुवागढी नाका पुलको जोखिम बढेपछि ठुला सवारी साधन आवातजावतमा रोक

१२ श्रावण २०७५, शनिबार ०४:०२ मा प्रकाशित

रसुवा ११ साउन । टिमुरे घट्टेखोला राजमार्गको पक्की पुलमा जोखिम बढेपछि ठूला सवारी साधन आवातजावतमा रोक लगाइएको छ ।

सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार टिमुरे रसुवागढी, घट्टेखोला राजमार्गको घट्टेखोलामा रहेको पक्की पुल ठाडो खोलामा भएको र खोलामा वर्षाका कारण पानीको बहाव बढ्न गई पक्की पुलको सपोट बगाइ क्षति पु¥याएकाले सडक प्राविधिकको परामर्शमा जोखिम न्यूनीकरण गर्न मालबाहक ठूला सवारी साधन आवातजावतमा आज अपराह्नदेखि रोक लगाइएको हो । हल्का सवारी साधनलाई भने आवातजावतमा खुल्ला गरिएको बताइएको छ ।

दैनिक एक करोडभन्दा बढी राजश्व आर्जन गर्ने नेपाल चीनको उत्तरी नाकाबाट सामान आयात निर्यात गर्ने पुल जोखिम भएपछि केरुङतर्फ गएका सयौँ ट्रक कन्टेनर केरुङमा अलपत्र पर्दा चर्को पार्किङ शुल्कले व्यवसायीलाई मर्का परेको कन्टेनर संघले जनाएको छ । दायाँ बायाबाट वैकल्पिक सडक खोल्ने स्थानसमेत नभएको प्रहरीले जनाएको छ ।

यस्तै बुधबार गएको पहिरोले अवरुद्ध टिमुरे नजिकको राजमार्ग भने आजबाट सञ्चालनमा आएको सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ ।

यसैगरी पहिरोमा परी मृत्यु हुनेको दाह संस्कारका लागि नौ वटै शव आफन्तजनलाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङले बताउनुभयो ।

स्याफ्रु रसुवागढी खण्डको सडक भीरको फेदमा रहेको र समय समयमा जति पानी पर्यो ढुङ्गा खस्ने समस्या आउन थालेकाले टिमुरे गाउँ नपुगुञ्जेल बीच भागमा मोटर अड्याएर विश्राम नगर्न अगुवा सवारी चालकले सुझावसमेत दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली