नेविसंघको महाधिवेशन कात्तिकमा

१० श्रावण २०७५, बिहीबार ००:०८ मा प्रकाशित

काठमाडौँ, ९ साउन । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले आगामी कात्तिक २३ गतेभित्र नेविसंघको १२ औँ महाधिवेशन सम्पन्न गर्ने बताउनुभएको छ ।

उहाँले त्यसका लागि नेविसंघको निर्देशन समितिको बैठक चलिरहेको र त्यस समितिले छिट्टै मिति घोषणा गर्ने जानकारी पनि दिनुभयो ।

रिपोर्टर्स क्लबमा आज आयोजित कार्यक्रममा महरले नेपाल विद्यार्थी संघ विधिभित्र रहेर सञ्चालन भइरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “मैले नेविसंघभित्र गलत निर्णय गरेको छैन । असन्तुष्ट पक्षसँग पनि छिटै मिलाप हुने र एकताबद्ध हुन्छ ।”

नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले वर्तमान अध्यक्षले मनोमानि गरेको र नेविसंघ विधिसम्मत नचलेको बताउनुभयो ।

उहाँले २२ सदस्यीय पदाधिकारीलाई विधान विपरित अध्यक्ष महरले तीन जना थपेर २५ पु¥याएको बताउनुभयो । उहाँले नेविसंघका २२ जिल्लामा विवाद रहेको दाबी गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको नेतृत्व गर्नेहरु राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन्

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने हुनु भएको छ । सत्ता