अबको सरकार कांग्रेसको नेतृत्वमाः सभापति कोइराला

७ श्रावण २०६९, आईतवार १८:०० मा प्रकाशित

काभ्रे, ७ साउन । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले अबको सरकारको नेतृत्व नेपाली काँग्रेसले नै लिने दाबी गर्नुभएको छ । आज काभ्रेको बनेपामा ३० औँ बीपी स्मृति दिवसको अवसरमा काँग्रेस काभ्रेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुर्सीका निम्ती नभइ देशमा अमनचयन ल्याउनकै लागि भएपनि काँग्रेस नेतृत्वको सरकार अपरिहार्य रहेको दाबी गर्नुभयो । नेपालमा सबै किसिमका तानाशाहको अन्त्य भइसकेको उल्लेख गर्दै सभापति कोइरालाले प्रजातन्त्र र लोकतन्त्रलाई आत्मसात गर्न नसके माओवादीको पनि राजा ज्ञानेन्द्रको जस्तै स्थिति आउने दाबी गर्नुभयो । त्यस्तै कार्यक्रममा सहभागि हुन आइपुग्नुभएका महामन्त्री कृष्णप्रसाद सिटौलाले अध्यादेशमार्फत शासन ल्याएर देश चलाउन खोज्नु नेपाली जनताका लागि अभिषाप हुने ठोकुवा गर्नुभयो । राष्ट्र निर्माणका लागि काँग्रेसले ठोस निर्णय लिनुपर्ने बेला आइसकेको भन्दै सिटौलाले माओवादी आफुलाई कहिल्यै सुधार्नेतर्फ नलागेको आरोप लगाउनुभयो । त्यस्तैगरी केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री रामशरण महतले प्रधानमन्त्री बाबुराम भट्टराईले कुर्सी नछाडेसम्म सहमती नहुने भन्दै नयाँ सरकार गठनका लागि राष्

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आजदेखि लागू हुने