शेरबहादुर तामाङको मन्त्री पद धरापमा,’राजिनामा निराधार हल्ला’

८ श्रावण २०७५, मंगलवार १०:२७ मा प्रकाशित

काठमाडौँ, ८ साउन । सत्तारुढ नेकपाले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ । बंगलादेशमा पढ्ने नेपाली विद्यार्थीहरूबारे आपत्तिजनक अभिव्यक्ति दिएको कारण आलोचित भएका मन्त्री तामाङलाई सोमबार बेलुका बसेको नेकपा सचिवालय बैठकले पद त्याग्न निर्देशन दिएको थियो । मन्त्री शेरबहादुर तामाङले भने आजै एक सार्वजनिक कार्यक्रममा आफ्नो राजिनामा बारे चलेको हल्ला निराधार भएको बताएका छन् । 

सत्तारुढ नेकपाको सचिवालय बैठकले दिएको निर्देशन अनुसार तामाङले आज दिउसो २ बजे पत्रकार सम्मेलन गरी पद त्याग्न लागेको नेकपाको सचिवालय स्रोतले जानकारी दिएको छ। यद्यपि यसबारे आधिकारिक पुष्टि भने भएको छैन ।

यस अघि मन्त्री तामाङले बंलादेशमा डाक्टर पढ्न गएका नेपाली युवतीहरुबारे आफूले गरेको विवादास्पद टिप्पणीप्रति माफी मागिसकेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बोलाइएको हो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । उनलाई साथ दिइरहेका

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय