तदर्थवादमा काँग्रेस चल्न सक्दैनः नेता कोइराला

७ श्रावण २०७५, सोमबार ००:११ मा प्रकाशित

नेपालगन्ज, ६ साउन । जननायक स्व विपी कोइरालाको ३६औँ स्मृति दिवसका अवसरमा ‘विपी, राष्ट्रिय राजनीति र नेपाली काँग्रेस विषयमा आज यहाँ छलफल गरियो ।

कार्यक्रममा सो दलका नेता डा शेखर कोइरालाले विपी कोइरालाले देखाएको समाजवादी बाटो काँग्रेसले नबिराएको बताउनुभयो । उहाँले नेपाली काँग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ र लोकतन्त्र कमजोर भयो भने देश नै कमजोर हुने तर्क राख्नुभयो ।

नेता कोइरालाले पार्टीका भातृसंस्थाको अधिवेशन नभएको दुई÷तीन वर्ष भइसक्यो, अब तदर्थवादमा काँग्रेस चल्न सक्दैन, विधिको शासन र विधानलाई टेकेर गएमा मात्र काँग्रेस अघि बढ्न सक्छ भन्नुभयो ।

त्यस अवसरमा काँग्रेसका युवा नेता प्रदीप पौडेल, बर्दिया काँग्रेसका सभापति संजय गौतमलगायतले विपीको योगदानको चर्चा गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकार धेरै दिन नरहने बताएका छन् ।

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा कांग्रेस रहेको बताउनुभएको छ । गृहजिल्ला

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र सङ्घीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक सकिएको छ । बैठकमा नेकपा माओवादी केन्द्र र जनता