राष्ट्रपतिसँग काँग्रेसका शीर्ष नेताको भेटघाट

७ श्रावण २०६९, आईतवार १७:५७ मा प्रकाशित

काठमाडौ, ७ साउन । राष्ट्रपति डा. रामवरण यादवसँग नेपाली काँग्रेसका शीर्ष नेताले भेटेर वर्तमान राजनीतिक संकटको समाधानबारे छलफल गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा भएको भेटघाटमा काँग्रेस नेताहरूले सरकारले नयाँ निर्वाचनका लागि घोषणा गरेको मितिमा निर्वाचन हुन नसक्ने र चुनावका लागि आवश्यक कानुन संशोधनका लागि निर्वाचन आयोगले दिएको समयसीमा सकिएको भनी राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए । भेटपछि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक समस्या समाधानका लागि संविधान संरक्षकको हैसियतले राष्ट्रपतिको भूमिका के हुनसक्छ त्यो उहाँले नै सोच्ने विषय भएको प्रतिक्रिया दिनुभएको थियो । भेटघाटमा कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति पौडेल सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ