सरकारलाई निर्वाचनको आयोगको फेरि सात दिने अल्टिमेटम

७ श्रावण २०६९, आईतवार १७:४९ मा प्रकाशित

काठमाडौ, ७ साउन । निर्वाचन आयोगले जतिसक्दो छिटो संविधान संसोधन गर्न प्रमुख राजनीतिक दलहरुलाई आग्रह गरेको छ । आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग आयोगमा भएको छलफलमा कार्यवहाक प्रमुक निर्वाचन आयुक्त निलकण्ठ उप्रेतिले बढीमा एक साताभित्र संविधान संसोधन गर्न दलहरुलाई आग्रह गर्नुभएको हो । जवाफमा राजनीतिक दलका नेताहरुले आफूहरु छिट्टै सहमतिमा पुग्ने बताएका छन् । छलफलमा एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले आफूहरु सहमतिको प्रयासमा रहेको भन्दै अझै केही दिन पर्खिन आग्रह गर्नुभएको छ । तर विपक्षी दलहरुले सहमति नभईकन निर्वाचन संभव नहुनेभन्दै  सहमति बेगर कानुन संसोधन हुन नसक्ने बताएका छन् । निर्वाचन आयोगले संविधान संसोधनका लागि तोकेको समय सिमा आज सकिएपछि दलहरुको ध्यानाकर्षण गराउन आज छलफलका लागि बोलाएको हो । छलफलमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु सहभागी थिए । अन्तरिम संविधान २०६३ मा नयाँ संविधानसभा चुनावको बारेमा कुनै पनि व्यवस्था नभएकाले सरकारले तोकेको मिति मंसिर ७ गते चुनाव गराउन संविधान संसोधन गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको