कलिवुडमा बक्स अफिस प्रणाली सुरु

२ श्रावण २०७५, बुधबार ००:१२ मा प्रकाशित

काठमाडौँ, १ साउन । सरकारले फिल्म क्षेत्रमा आजदेखि ई–टिकेटिङ÷बक्स अफिस प्रणाली लागू गरेको छ । चलचित्र विकास बोर्डमा आज आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विगत लामो समयदेखि माग गरिँदै आएको बक्स अफिसको शुभारम्भ गर्नुभएको हो ।

सो अवसरमा सञ्चारमन्त्री बाँस्कोटाले फिल्म क्षेत्रमा भएको लगानीलाई सुरक्षित एवं प्रवद्र्धन गर्दै पारदर्शिताका लागि बक्स अफिस शुरु भएको बताउनुभयो । बक्स आफिस लागू भएसँगै कलाकारिता क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने बताउँदै उहाँले राज्यले राजश्व प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चारमन्त्री बाँस्कोटाले ‘क्लिन फिड’ लागू गर्ने उल्लेख गर्दै मन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकारको तलब बैंकमार्फत दिलाउने व्यवस्था गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले पत्रकार कल्याणकारी कोषलाई रु एक करोडबाट रु तीन करोड पु¥याउने जानकारी दिनुभयो ।

देशका सबै भू–भाग फिल्म छायांकनका लागि उपयुक्त भएको भन्दै मन्त्री बाँस्कोटाले देशका सबै क्षेत्रलाई छायांकनका लागि सुन्दर स्थान छन् भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्भ्रान्त र पूँजीपतिका कथाभन्दा जनआन्दोलनका नायक तथा राष्ट्रिय गौरवका विषयमा फिल्म बन्नुपर्नेमा बताउँदै उहाँले सम्बन्धित पक्षले त्यस्ता विषयमा ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव वीरेन्द्रकुमार मिश्रले बक्स अफिस कार्यान्वयनमा आएपछि चलचित्र क्षेत्रमा भएका विकृतिमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा यस क्षेत्र पारदर्शी एवं जिम्मेवार भएर अघि बढ्ने बताउनुभयो ।

चलचित्र विकास बोर्डका सदस्यसचिव महेन्द्रप्रसाद साँखीले बक्स अफिसको लागू हुनु ऐतिहासिक काम भएको भन्दै यसलाई सही तबरले कार्यान्वयन गर्न बोर्ड प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । हिजो आज अस्ट्रेलियामा पनि स्तरिय नेपाली म्युजिक भिडियो निर्माण हुन थालेका छन्। पछिलो समय अस्ट्रेलियाको विभिन्न ठाउमा छायांकन

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी