राष्ट्रिय कृषि गणना सम्पत्र, आगामी दस महिनाभित्रमा सार्वजनिक गरिने

७ श्रावण २०६९, आईतवार १६:५१ मा प्रकाशित

काठमाडौँ, ७ साउन । मुलुकको कृषि क्षेत्रको संरचनासम्बन्धी समग्र तथ्याङ्क सङ्कलनको कार्य पूरा भएको छ ।    संयुक्त राष्ट्रसङ्घीय कृषि सङ्गठन तथा विश्व खाद्य कार्यक्रमले दिएको सुझावबमोजिम राष्ट्रिय योजना आयोगअन्तर्गतको केन्द्रीय तथ्याङ्क विभागले छैटौँ राष्ट्रिय कृषि गणना सम्पत्र गरेको हो ।

अन्तर्राष्ट्रियरूपमा मान्य परिभाषा, विधि र प्रचलनअनुसार देशका ७५ वटै जिल्लाबाट तथ्याङ्क सङ्कलन गरिसकिएको तथा त्यसलाई प्रशोधन गर्ने कार्य थालिएको विभागको कृषि तथ्याङ्क शाखाका प्रमुख अम्बिका बस्यालले राससलाई बताउनुभयो ।

‘आगामी १० महिनाभित्रमा विवरण सार्वजनिक गर्ने लक्ष्यका साथ तथ्याङ्क प्रशोधन थालेका छौँ’– हरेक दस वर्षमा हुने कृषि गणनाको परिणाम सकेसम्म चाँडो जनसमक्ष प्रस्तुत गर्ने विभागको चाहना रहेको स्पष्ट गर्दैै उहाँले भत्रुभयो ।

छ दसकअघि थालिएको कृषि गणनाले मुलुकका नीति निर्मातालाई कृषि क्षेत्रको विकासका लागि आवश्यक योजना तर्जुमामा सघाएको थियो भने यसपटक केही पृथक्रूपमा विवरण सङ्कलन गरिएकाले यसको बेग्लै महत्व हुने उहाँको कथन छ ।

छैटौँ कृषि गणनामा जग्गाको क्षेत्रफल तथा सिँचाइको स्रोत, जग्गाको उपभोग एवम् उपयोग, अस्थायी तथा स्थायी बालीलागेको क्षेत्रफल र उत्पादन, कृषि औजार तथा गैरआवासीय भवनहरूको प्रयोग र स्वामित्वको विवरण सङ्कलन गरिएको छ ।

त्यसैगरी विवरणमा पाल्तु चौपाया र चराचुरुङ्गीको सङ्ख्या, माछापालन तथा वनवनेलो, कृषि उत्पादनको उपयोग र कृषि ऋण, कृषक परिवारको जनसाङ्खिक विवरण, कृषि चलनमा संलग्न कामदार एवम् खाद्यात्रको पर्याप्तता समेटिएको छ ।

कृषि कार्यअन्तर्गत अत्रबाली, फलफूल, नगदेबाली उत्पादन, पशुधन, मासु, फूल, बोटविरुवा, मौरीपालनलगायतको विवरणमा पनि गणनामा समेटिने छ ।

हिमाल, पहाड र तराईका एक लाख ३० हजार किसान परिवारबाट दुई चरणमा विवरण सङ्कलन गरिएको हो । तराईका ५९ र हिमाली १६ जिल्लामा दुई चरणमा गरी दुई हजार चारसय गणक परिचालन गरिएको थियो ।

सरकारले कृषि गणनाका लागि रु १३ करोड ६३ लाख विनियोजन गरेको जानकारी दिँदै विभागका तथ्याङ्क अधिकृत राजन सिलवालले यो गणनामा किसान परिवारको प्रमुख कृषि उत्पादन, कृषि कामदार सङ्ख्या, जग्गामा भएको क्षति र क्षतिको प्रकार, मुख्यमुख्य बालीको उत्पादन, परिवारको आम्दानीको मुख्य स्रोत र कृषि बजारमा पहुँच थपिएको जानकारी दिनुभयो ।

समुदायमा उपलब्ध सुविधा, बाली तथा पशु उत्पादन, भूमिको प्रयोग, आर्थिक–सामाजिक अवस्था, समुदायको विकासका लागि बितेका १० वर्षमा सञ्चालन भएका कार्यक्रम तथा तिनले स्थानीयस्तरमा पारेको प्रभाव, किसानका सुविधा तथा असुविधा,  तथा कृषि क्षेत्रका आधारभूत सूचना समेटिनु छैटौँ राष्ट्रिय कृषि गणनाका प्रमुख विशेषता हुन् ।

त्यसैगरी किसानको बजारसम्म पहुँच, यातायात सुविधा, आफ्ना उत्पादन ढुवानीका लागि सडकसम्म पु¥याउन लाग्ने समय, सडक पूर्वाधार, एक दशकको अवधिमा शिक्षा, स्वास्थ्य, आयआर्जन, गरिबी न्यूनीकरण, खानेपानी, मलखाद एवम् बीउबीजनको उपलब्धता, पशुउपचार सेवा, बैंक तथा वित्तीय संस्थामा किसानको पहुँच तथा तिनबाट प्राप्त सेवा, विद्युत्, सञ्चार एवम् सञ्चार उपकरणको उपयोग पनि गणनका विशेषता हुन् ।

राष्ट्रिय कृषि गणना सार्वजनिक भएपछि त्यसले सरकारको गरिबी घटाउने मुख्य लक्ष्यमा सघाउ पु¥याउनका साथै नीति नियम तर्जुमा गर्ने योजना अधिकारी, अनुसन्धानकर्तालगायतलाई महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ