इटाली र माल्टाको सामूद्रिक इलाकामा ४५० आप्रवासी अलपत्र

३१ असार २०७५, आईतवार २२:४१ मा प्रकाशित

रोम, इटाली, ३० असार (एएफपी) । माल्टा र इटालीबीच कसले जिम्मेवारी लिने र समुद्रमा फसेका आप्रवासी शरणार्थीलाई सहयोग गर्ने भन्ने निश्चित नहँुदा लिवियाबाट यूरोप हिडेका कम्तीमा ४५० जना आप्रवासी शरणार्थीहरू शनिबार समूद्रमा अलपत्र परेका छन् ।

शुक्रबार इटालीका दक्षिणपन्थी समूहका तर्फबाट गृहमन्त्री बनेका माटेओ साल्भिनीले आप्रबासी चढेको डुङ्गालाई आफ्नो इलाकामा प्रवेश गर्न नदिएपछि यूरोपेली संघको सीमा क्षेत्रमा काम गर्ने निकाय (फ्रन्टेक्स)ले दुईवटा डुङ्गा उपलब्ध गराएको र डुङ्गा डुब्ने खतरालाई टारेको थियो ।

एउटै डुङ्गामा ठूलो सङ्ख्यामा रहेका शरणार्थीको सुरक्षालाई मध्य नजर गरी यात्रुहरूलाई दुई डुङ्गामा बाडिएको थियो ।

फ्रन्टेक्सले डुङ्गालाई दक्षिणतर्फ लिविया अथवा माल्टामा जान निर्देशन दिएको बताइएको छ ।

हामीले सर्वप्रथम समस्यामा परेका यात्रसुलाई न्याय दिनु, सम्मान गर्नु र मानव तस्कर विरुद्ध साहस दिनु आवश्यक छ त्यसपछि मात्र यूरोपेली कानून अनुसार अघि बढ्नु उचित हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ