एकसातभित्र सञ्चारमन्त्रीलाई नहटाए फोरम गणतान्त्रीक विपक्षी गठबन्धनमा लाग्ने

७ श्रावण २०६९, आईतवार १५:३७ मा प्रकाशित

काठमाडौ, ७ साउन । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका कार्यबाहक अध्यक्ष नन्दनकुमार दत्तले पार्टीको सिफारिसमा सूचना तथा सञ्चारमन्त्रीमा नियूक्त भएका राजकिशोर यादवलाई एक साताभित्रमा प्रधानमन्त्रीले पदमुक्त नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिएर विपक्षीहरुको मोर्चामा सहभागी हुने चेतावनी दिएका छन् ।
बहुमत केन्द्रीय सदस्य सहित आईतवार पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा दत्तले पार्टीको सिफारिसमा मन्त्री भएका यादवलाई पार्टीले फिर्ता बोलाउँदासमेत प्रधानमन्त्रीले कुन नैतिकताले कायमै राखिरहेको भनेर प्रश्न गरे ।
उनले भने–‘प्रधानमन्त्रीले कानूनको खिल्ली उडाउनु भएको छ । पार्टी विभाजन गराउन किनवेचकोलागी पार्टीले फिर्ता बोलाएको २७ दिनसम्म पनि नहटाउनु भएको हो । पार्टी फुटाउन प्रधानमन्त्री सहायक बनिरहे प्रधानमन्त्री विरुद्ध आन्दोलनमा जान्छौ ।
सो पार्टीको शनिवार बसेको केन्द्रीय समितिको बैठकले पार्टी निर्णय अनुसार सूचना तथा सञ्चारमन्त्री यादवलाई पदमुक्त नगरेको प्रति आपत्ति प्रकट गर्दै पदमुक्त गर्न आग्रह गरेको छ । , त्यसैगरी उपाध्यक्षमा ओमप्रकास यादवलाई मनोनयन गर्ने, सरकारी शिक्षक रहेका केन्द्रीय सदस्य गणेश यादवको राजिनामा स्विकृत गर्ने, अब्दुल जब्बारको संयोजकत्वमा राकेश कुमार गुप्ता, मुनिर सिह सदस्य रहेको अनुशासन आयोग गठन, अध्यक्ष जेपी गुप्तालाई पार्टीको साधारण सदस्य नरहेको भन्दै राजकिशोर समूहले गरेको प्रचारको छानविन गरि कारवाही गर्न अनुशासन समितिलाई निर्देशन दिने, सोही समूहले साउन ९ गतेबाट विरगंजमा बोलाएको विस्तारित बैठक पार्टी विपरित भएकोले त्यसमा सहभागी नहुन आग्रह गर्दै साउन २१ गते विरगंजमै मधेसको सवाल विषयक गोष्ठि गर्ने निर्णय समेत गरेको छ ।
पत्रकार सम्मेलनमा  कार्यबाहक अध्यक्ष् दत्त सहित उपाध्यक्ष ओमप्रकास यादव गुल्जारी, महासचिव आत्मराम प्रसाद , कोषाध्यक्ष सुरिता कुमारी साह, केन्द्रीय सदस्यहरु सन्ध्या देब, सल्मा खातुन, कुन्दन पाण्डे, उमेशलाल दास, अब्दुल जब्बार,  नन्दकिशोर साह, मो. खालिद सिद्धिकी र राजिव झाको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर