मदन पुरस्कारका लागि आठ पुस्तक छनोटमा

२५ असार २०७५, सोमबार २२:५६ मा प्रकाशित

काठमाडौँ, २५ असार । मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारका लागि आठ पुस्तक छनोट गरेको छ । गुठीका अध्यक्ष कुन्द  दीक्षितले आज विज्ञप्तिमार्फत पुरस्कारका लागि पुस्तक छनोट गर्न गठित समितिको सिफारिशमा आठ पुस्तकको नाम छनोट गरिएको जानकारी दिनुभयो । समितिले आफूलाई प्राप्त २५३ पुस्तकमध्ये आठ पुस्तक छनोट गरेको हो । गुठीले गत वर्षदेखि छनोटमा परेका पुस्तकको सूची दिन थालेको हो ।
छनोटमा परेकामा ध्रुवसत्य परियारको ‘कैरन’, सरस्वती प्रतीक्षाको ‘नथिया’, तीर्थ गुरुङको ‘पाठशाला’, यज्ञशको ‘भुइयाँ’, नयनराज पाण्डेको ‘यार’, नीलम कार्की ‘निहारिका’को ‘योगमाया’, राज माङ्लाकको ‘लिम्बूनी गाउँ’ र मोहन वैद्य ‘किरण’को ‘हिमाली दर्शन’ छन् । ती पुस्तकबाट नै एक पुस्तकलाई सर्वश्रेष्ठ घोषणा गरी २०७४ सालको मदन पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो