श्रमजीवी पत्रकार ऐन कडाइका साथ लागु गरिन्छ : मन्त्री यादव

७ श्रावण २०६९, आईतवार १५:२५ मा प्रकाशित

काभ्रे, ७ साउन । सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले श्रमजीवि पत्रकार ऐन कडाइका साथ लागु गरिने बताएका छन् ।
श्रमजीवी ऐन लागु नहुँदा सञ्चार क्षेत्रमा निकै ठुलो समस्या उत्पन्न भएकाले ती समस्या समाधन गर्न श्रमजीवी ऐन कडाइका साथ लागु पर्न लागिएको काभ्रेको धुलिखेलमा आयोजना गरिएको एक कार्यक्रममा बताएका हुन् । कार्यक्रममा उनले संचारमाध्यमको विकासका लागि नयाँ कार्यक्रम ल्याउन लागेको बताए । जीवनभर पत्रकारिता गर्ने पत्रकारहरुलाई २५ वर्ष पुगेपछि राज्यकै तर्फबाट गोल्डेन मनी दिन पत्रकार कल्याण कोषमा रकम जम्मा गर्न राज्यले कानून बनाउँन लागिको उनको भनाई थियो ।
पत्रकारिताका नाममा परिचयपत्र बोकेर ब्लाक मेलिङ्ग गर्दै आएकाहरुलाई ठेगान लगाउँदै बास्तविक पत्रकारहरुलाई जीवीकोपार्जन र आत्मनिर्भर बनाउने पहल पनि भइहरेको जानकारी गराउँदै उनले पत्रकारहरुको जीवन वीमा र तत्काल हुने आकस्मिक घटनामा भएको क्षतिपूर्ति उपलब्ध गराउने तयारी भएको बताए ।
मधेसी जनअधिकार फोरम गणतान्त्रिकका कार्यबाहक अध्यक्ष समेत रहेका यादव सोमबारबाट शुरु हुने पार्टीको विस्तारित बैठकमा प्रस्तुत गरिने कार्यपत्र लेख्न धुलिखेल पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा