मलेसियाका पूर्वप्रधानमन्त्री नजिब पक्राउ

१९ असार २०७५, मंगलवार २२:२७ मा प्रकाशित

क्वालालम्पुर, १९ असार (एएफपी) । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रज्जाक मंगलबार पक्राउ पर्नुभएको छ । भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने आयोगका तर्फबाट उहाँलाई अनुसन्धान तथा सोधपुछका लागि पक्राउ गरिएको अधिकारीहरुले बताएका छन् ।

सत्तामा रहँदा राज्यकोषको दुरुपयोग गरेको आरोप लागेका ६४ वर्षीय पूर्वप्रधानमन्त्री रज्जाकविरुद्ध बुधबार अभियोग दर्ता गरिने भएको छ ।

भ्रष्टाचार गरेको आरोपकै कारण गत मे महिनामा भएको निर्वाचनमा उहाँको सत्तारुढ गठबन्धन पराजित भएको थियो ।

उहाँकै पूर्वअविभावकसमेत रहनु भएका महाथिर मोहम्मद नेतृत्वको पार्टीले पराजित गरिदिएपछि रज्जाक सत्ताबाट बाहिरिनु परेको थियो ।

निर्वाचनमा पराजित भएपछि पूर्वप्रधानमन्त्री रज्जाकलाई देशबाट बाहिरिनसमेत प्रतिबन्ध लगाइएको थियो ।

रज्जाकलाई पक्राउ गर्नु केही दिन पहिले उहाँकी अत्यन्त भोगविलासी श्रीमती रोश्माह मन्सुर, उहाँको सौतातर्फको छोरो रिज अजिज र उहाँका पूर्वसहयोगी जाहिद हमिदीलाई पनि अनुसन्धानका लागि सोधपुछ गरिएको थियो ।

भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने विषेश टोलीका अनुसन्धानकर्ताहरुले अन्य सरोकारवालाहरुसँग पनि अनुसन्धान तथा सोधपुछ गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार