विश्व आदिवासी जनजाति दिवसका दिन नयाँ पार्टी घोषणा गर्ने : लेखी

७ श्रावण २०६९, आईतवार १५:११ मा प्रकाशित

दाङ, ७ साउन । आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले साउन–२५ गते जनजाति नेताहरु सम्मिलित छुट्टै राजनीतिक पार्टी घोषणा गर्ने बताएका छन् ।
थारु पत्रकार संघले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा लेखीले विश्व आदिवासी जनजाति दिवसका दिन नयाँ पार्टी घोषणा गर्ने बताए । उनले भने, ‘हाम्रो पार्टी प्रमुख तीन राजनीतिक दलको विकल्पमा बन्छ ।’
प्रमुख तीन दलले संविधानसभा विघटन गरेर आफूलाई असफल प्रमाणित गरिसकेको आरोप लगाएका लेखीले तीन दलको विकल्पमा मुलुकलाई नयाँ पार्टी आवश्यक रहेको बताए । मंसिर–७ गतेको नयाँ निर्वाचन भए प्रतिष्पर्धा गर्ने पनि लेखीले बताए ।
एमालेले जनजाति नेताहरुलाई जिम्मेवारीवाट मुक्त गरेको प्रति खुशी रहेको जनाएका लेखीले जनजाति नेताहरु प्रमुख तीन दलमा वस्न नसुहाउने बताए । ‘कांग्रेस, एमाओवादीवाट पनि जनजाति नेताहरु अलग हुनुपर्छ,’ उनले भने, ‘जनजाति नतोहरु अन्य पार्टीमा जानु पर्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आजदेखि लागू हुने