कथाकार बेहोसीको ‘सेतो स्कार्फ’ लोकार्पण

१५ असार २०७५, शुक्रबार २३:२० मा प्रकाशित

काठमाडौँ, १५ असार । कथाकार सविता श्रेष्ठ ‘बेहोसी’को कृति ‘सेतो स्कार्फ’ (कथा सङ्ग्रह) आज यहाँ लोकार्पण भएको छ ।

साहित्यकार तुलसी दिवसले कृतिको लोकार्पण गर्दै नेपाली समाज, पात्र, चिन्तन, सोच, संवेदना र आन्तरिक भावना व्यक्त भएका सिर्जनाहरुमात्र चिरस्थायी हुने बताउँदै कथाकार सविताका कथामा त्यो कुरा छ भन्नुभयो ।

सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले आख्यानमा सविताले चालेका पाइलाले साहित्य क्षेत्रमा उचाइ मापन गरोस् भन्ने शुभकामना दिनुभयो ।

नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले सरल र शालीन व्यक्तित्वका धनी सविताका सिर्जनाहरु सशक्त हुने बताउँदै उहाँका कृतिलाई पाठकमाझ ल्याउन पाएकामा खुशी व्यक्त गर्नुभयो ।

कथाकार माया ठकुरीले सविताको सिर्जनामा पाठकलाई बाँधेर राख्न सक्ने सरल र सरस प्रस्तुति रहेको बताउनुभयो ।

कृतिको समीक्षा गर्दै साहित्यकार मोमिलाले भन्नुभयो, “कृतिले आममानिसको जीवन बोलेको छ, कृतिकारको जीवनलाई पनि यसले धेरथोर समेटेको छ, यस्ता सिर्जनाले मानिसको मनलाई छुन्छ र कालान्तरसम्म बाँचिरहन्छ ।”

स्रष्टा श्रेष्ठले जीवन भनेकै कथा र कथा भनेकै जीवन रहेको बताउँदै सेतो स्कार्फमा पनि जीवन र जगत्लाई समेट्ने प्रयास गरेको उहाँले बताउनुभयो ।

सर्जकका जीवनसाथी सुमन श्रेष्ठले घरमा नै साहित्यकार भएकाले आफूमा पनि साहित्यप्रति अनुराग पलाएको बताउनुभयो ।

नेपाल स्रष्टा समाजका महासचिव चेतनाथ कणेल हरित र कोषाध्यक्ष पुष्पा खनालले कृतिका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

कथाकार बेहोसीका सेतोस्कार्फलगायत आफ्नै व्यथा आफ्नै तरङ्ग (कथासङ्ग्रह) तथा अनन्तमा मिल्ने आशामा दुई समानान्तर रेखाहरु र जीवन ज्योति (उपन्यास) प्रकाशित छन् ।

यस कृतिमा वरिष्ठ कथाकार परशु प्रधानले भूमिका लेखेको सो कृतिमा विमल भौकाजीले सम्पादन गर्नुभएको हो ।

कथाकार बेहोसीले आफ्नो जन्मदिनको अवसर पारेर यो कृति बजारमा ल्याएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो