नयाँ सरकार गठनको पहल थाल्न राष्ट्रपतिसमक्ष कांग्रेसको आग्रह

७ श्रावण २०६९, आईतवार १५:०४ मा प्रकाशित

 

काठमाडौं, ७ साउन । सभापति शुशिल कोइराला लगायत कांग्रेसका अन्य शीर्ष नेताहरुले राष्ट्रपति डा.रामवरण यादवसंग भेट गरी नयाँ सरकार गठनको पहल थाल्न आग्रह गरेका छन् ।
राष्ट्रपति भवन शितल निवासमा आज विहान भएको भेटमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति डा.यादवलाई आग्रह गरेका हुन् । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले घोषणा गरेको नयाँ निर्वाचन नहुने निश्चित भएको भन्दै कांग्रेस नेताहरुले राष्ट्रपति डा.यादवलाई आवश्यक कदम चाल्न पुनः आग्रह गरेको भेटपछि कांग्रेस नेताहरुले बताए ।
निर्वाचनसँग बाझिएका कानून संशोधनका लागि निर्वाचन आयोगले दिएको समय सकिएकाले गतिरोध अन्त्य गर्न राष्ट्रपति डा.यादवले संविधानको संरक्षकका रुपमा भूमिका निर्वाह गर्न सुझाव दिएको भेटपछि कांग्रेस नेताहरुले बताए । उनीहरुले छिटो भन्दा छिटो राष्ट्रिय सरकार बनाई मुलुकलाई निकास दिनुपर्ने उल्लेख गरे ।
भेटपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक समस्या समाधानका लागि संविधान संरक्षकको हैसियतले राष्ट्रपतिको भूमिका के हुन सक्छ त्यो उहाँले नै सोच्ने विषय भएको बताए । मुलुकले राजनीतिक र संवैधानिक समाधान खोजेको छ, कामचलाउ सरकार कति दिनसम्म राख्दा उपयुक्त हुन्छ त्यसबारे सबैले सोचेर राष्ट्रिय सहमति कायम गरी अघि बढ्नु उचित हुने पौडेलले बताए ।
राष्ट्रपति डा.यादवलाई भेट्न कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल राष्ट्रपति भवन पुगेका थिए । डेढ घण्टा लामो भेटमा राष्ट्रपति डा.यादवले गतिरोध अन्त्य गर्न राजनीतिक सहमति आवश्यक पर्ने भएकाले त्यसका लागि पहल गर्न कांग्रेस नेताहरुलाई पनि आग्रह गरेका थिए ।
आफू संविधानको संरक्षक भएकाले संविधान बाहिर गएर कुनै पनि काम नगर्ने राष्ट्रपति डा.यादवको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका