प्रदेश नं ४ को नाम ‘गण्डकी’ राख्न सुझाव, तमुवान मगरात धर्नामा

१० असार २०७५, आईतवार २२:१२ मा प्रकाशित

पोखरा, १० असार । प्रदेश नं ४ को नाम र राजधानी तय गर्न गठित समितिको प्रतिवेदन आज प्रदेशसभामा टेबुल भयो । प्रतिवेदनमा पहिलो नम्बरमा प्रदेशको नाम ‘गण्डकी’ राख्न सुझाइएको छ । दोस्रोमा तमुवान–मगरात, तेस्रोमा गोरखा र चौथोमा धवलागिरि नाम राख्न सकिने सुझाव छ ।

गत जेठ २१ गते नामांकन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले विभिन्न विकल्पसहितको प्रतिवेदन प्रदेशसभामा बुझाएको थियो ।

यसअघि नामांकन समितिले प्रतिवेदन बुझाए पनि नामको विषयमा छलफल नगराइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गत जेठ २६ र २७ गते दुईपटकसम्म बैठक अवरुद्ध गरेको थियो भने तेस्रो पटक अवरोध गर्न खोजिँदा मार्सल लगाएरै बैठक चलाइएको थियो ।

यसैबीच, प्रदेशको नाम तमुवान मगरात हुनुपर्ने माग राख्दै आएको तमुवान मगरात संयुक्त संघर्ष समितिले आज नदीपुरमा धर्ना दिएको छ ।

स्थानीय प्रशासनले नदीपुरदेखि प्रदेशसभास्थल र आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । अर्को बैठक असार १७ गते दिउँसो १ः०० बजे बस्नेछ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काठमाडौं । पार्टी ह्वीप उल्लंघन गर्ने कर्णाली प्रदेशका चार जना सांसदलाई प्रदेश संसदीय दलले कारबाही सिफारिस गरेको छ । माओवादी

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा