मस्कोमा आदिकवि जन्मजयन्ती

७ श्रावण २०६९, आईतवार १३:५४ मा प्रकाशित

  काठमाडौँ, ७ साउन । रुसको क्ल्याज्मा सरोवर किनारामा आदिकवि भानुभक्त आचार्यको १९९ औं जन्मजयन्तीको मनाइएको छ ।

सो अवसरमा नेपाली राजदूत डा रविमोहन सापकोटाले १९८ वर्षअघि साधारण किसानको परिवारमा जन्मनुभएका आचार्य समय र परिवेशले नेपाली भाषामा धार्मिक एवम् सामाजिक विषयमा कृतिको रचना गर्न भई नेपाली जनजीवनको चित्र, आस्था र मान्यतालाई लिपिबद्ध गरी जनजिब्रोसम्म पु¥याएर आदिकवि बन्नुभएको हो भन्दै उहाँको स्मरण र आदर सदैव गर्नुपर्नेमा जोड दिनुभयो ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष जीवा लामिछानेले सङ्घीय देश रुसमा १०० भन्दा बढी भाषा भए पनि रुसी सबैको साझा रहेको उदाहरण दिंँदै नेपालीको साझा भाषाका साथै साथै नेपालका अन्य भाषाको पनि सम्मान गर्नुपर्छ भन्नुभयो ।

विश्व नेपाली साहित्य महासङ्घका अध्यक्ष डा. मधुकृष्ण श्रेष्ठ मार्धुयले रुसमा रहेका नेपालीले नेपाली राजदूतावास, मास्कोबाहिरका प्राकृतिकस्थल,रुसी उपन्यासकार लेभ तोल्सतोयको घर र समाधिस्थलसमेतमा भानुजयन्ती मनाइँदै आएको जानकारी दिनुभयो ।

सो अवसरमा ऐतिहासिक महत्वका कृति(लेखन र अनुवाद) मार्फत रुसी नेपाली साहित्य सेतुको भूमिका निर्वाह गर्दै रुसवासी नेपालीको साहित्यिक छविसमेत उँचो राख्न योगदान दिएबापत कृष्णप्रकाश श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व श्रेष्ठले झन्डै समकालीन नै भए पनि रुसी साहित्यका भानु मानिने महाकवि अलेक्सान्द्र पुस्किन र नेपाली आदिकवि आचार्य आआफ्नो देशको आधुनिक साहित्यिक भाषाका प्रस्थानबिन्दु भएको बताउँदै आफूले आदिकविको कविता रुसी भाषामा अनुवाद गरिरहेको जानकारी दिनुभयो ।

सो अवसरमा तेह्रथुमका युवा लेखक खगेन्द्र पन्धाक लिम्बूद्वारा लिखित उपन्यास ‘अब्स्ट्रयाक्ट बैंकक’ लोकार्पण गरिनाका साथै ‘भानुभक्तको सम्झनामा’शीर्षकमा आयोजित प्रतियोगितात्मक कविगोष्ठीमा आचार्य कुशलकुमार निरौला प्रथम, विमला भण्डारी बस्याल द्वितीय र उमेश भट्टराई तृतीय हुुनुभएको मास्कोबाट कृष्णप्रकाश श्रेष्ठले पठाउनुभएको विज्ञप्तिमा जनाइएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी