आप्रवासी नीतिप्रति राष्ट्रपति ट्रम्प केही लचिलो

७ असार २०७५, बिहीबार २३:३१ मा प्रकाशित

वासिङ्टन, ७ असार (एएफपी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासी नीतिप्रति केही लचिलो हुनुभएको समाचार छ ।

अमेरिकामा रहेका कुनै कागजात नभएका अथवा दर्ता नगरिएका आप्रवासीका बालबालिकालाई आमावावुबाट छुट्याएर अलग्गै गर्ने नीति यसअघि राष्ट्रपति ट्रम्प प्रशासनले ल्याएको थियो ।

राष्ट्रपति ट्रम्प अमेरिकामा निर्वाचित भएपछि यो नीति आएको थियो । यो अमेरिकी नीतिको अन्तर्राष्ट्रिय रूपमा व्यापक मात्रामा आलोचना भएको थियो ।

अमेरिकाजस्तो देशले पनि आफ्ना आमावावुसँगै बालबालिका पनि बस्न पाउनुपर्ने अधिकारको विरुद्धमा रहनु दुःखद भन्दै उहाँको व्यापक मात्रामा विरोध भइरहेकै बेला उहाँले उक्त निर्णयलाई उल्ट्याउने हुनुभएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आप्रवासीका आफ्ना परिवारका सदस्य र बालबालिकालाई पनि साथैमा रहन अनुमति दिने आदेश दिनुहुने भएको हो । उहाँले यस नयाँ नीति समेटिएको आदेशमा बुधबारै हस्ताक्षर गर्ने बताइएको छ ।

यो निर्णय उहाँको नीतिको विरोध भएकोले भन्दा पनि त्यहाँका बालबालिकाको तस्बिर हेरर आफू पनि विचलित भएको ट्रम्पले बताएका छन् ।

सो नीति उल्टिनेगरी बुधवार हस्ताक्षर भएपछि राष्ट्रपति ट्रम्पले परिवारलाई एकै ठाउँमा बस्न दिइने पनि वासिङ्टनबाट प्राप्त भएका समाचारहरुमा बताइएको छ ।

तर आजको सो समाचारमा ती आदेशहरु कहिलेदेखि लागू हुने हुन् भन्ने बारेमा भने केही बताइएको छैन ।

यो आदेशपछि पनि आफ्नो प्रशासनले अमेरिकामा आप्रवासीहरूको बढ्दो सङ्ख्या रोक्ने कार्यमा भने कुनै बाधा नपुग्ने पनि अधिकारीहरुले बताएका छन् ।

परिवारहरूलाई सँगै बस्न दिने त हो तर पनि हामी हाम्रो सीमा बलियो बनाउन चाहन्छौँ–अमेरिकी राष्ट्रपतिले भन्नुभएको छ ।

यसरी आगामी दिनमा पनि यस नीतिमा कडाई नगर्ने हो भने पनि वर्षेनी दशौँ लाख आप्रवासी अमेरिका आउनसक्ने र अमेरिका देश नै आप्रवासीले भरिने खतरा रहने राष्ट्रपति ट्रम्पले बताउनुभयो ।

उहाँले भन्नुभयो– परिवारहरू सँगै बस्न त पाउने भए तर पनि आफ्नो देशको सीमा बलियो बनाउने र आफ्नो देशमा शान्ति सुरक्षा कायम गर्ने पनि हाम्रो अधिकार हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। विभागले अध्यागमन कार्यविधि २०६५ को

वाशिंगटन ।अमेरिकी सरकारको युएसससीआईएसले कामदार भिसा एचवान बीको लोटरीका लागि आवेदन दिने अवधिको घोषणा गरेको छ । आगामी मार्च ९

काठमाडौँ । सरकारले गैरआवासीय नेपालीका लागि त्रिभुवन विमानस्थलमा बिनाशर्त अनअराइभल भिसा खुला गरेको छ । अध्यागमन विभागले सूचना जारी गर्दै

वासिङ्गटन । वासिङ्गटनस्थिति नेपाली दूतावासले कन्सुलर सेवा हुलाकमार्फत् उपलब्ध गराउने बताएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन दूतावासले अर्को