गजुरी (धादिङ), ७ साउन । अविरल वर्षापछि आएको पहिरोले आज बिहान बैरेनीमा एउटा भारतीय पर्यटक बस पुरिएको छ भने भने पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।
पहिरोले सडकमा गुडिरहेको पर्यटक बस पुरेको बैरेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पदम थापाले जानकारी दिनुभयो । बसमा सवार यात्रुलाई भने कुनै क्षति नभएको बताइएको छ ।
सडक विभागको स्वीकृतिबिना जथाभावी ग्रामीण सडक निर्माण गर्नुका साथै अवैधानिक रूपमा बालुवाखानी सञ्चालन गरेका कारण सो क्षेत्रमा पहिरो गएको स्थानीयवासीको भनाइ छ ।
पहिरोले बैरेनी क्षेत्रमा एक दर्जन स्थानमा सडकमा क्षति पुगी अवरुद्ध भएको बैरेनी प्रहरीचौकीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
रामेछाप । रामेछाप जिल्लाको सुनापती गाउँपालिकास्थित सादिडाँडाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस लुभु भीरमा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु
रामेछाप । रामेछापको सुनापातीमा यात्रु बाहक बस लुभुखोलामा दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तिमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले
मुगु । नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्याएको छ ।
काठमाडौँ । मुलुकमा फेरि कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको अवस्थामा सङ्क्रमितलाई राख्न सकिने ‘होल्डिङ सेन्टर’ भने अझै निर्माण हुन